Aamsanchar

सौन्दर्य सामाग्रीले महिलालाई पागल बनाउँछ !

Author Image
मङ्गलवार, साउन ४, २०७३

एजेन्सी –

08-1420698427-2lippencil

स्त्रीलाई सुन्दर देखाउँन अहम भूमिका खेल्ने भनिने ‘लिपस्टिक’ अब उनीहरुकै लागि खतरा बनेको छ । एक नयाँ अध्ययनले लिपस्टिक महिलालाई मानसिक रोगको सिकार अर्थात् पागल बनाउँन सक्ने देखाएको छ ।

 

अध्ययनमा भनिएको छ, ‘लिपस्टिक प्रयोग गर्ने महिलाहरु सावधान रहनुहोस्, किनकि यसको प्रयोगले मष्तिस्कमा नराम्रो असर गर्छ ।’ धेरैजसो लिपस्टिक उत्पादनमा सीसा उपस्थित हुन्छ, जसको थोरै मात्र सम्पर्कमा आउने बित्तिकै दिमाग, व्यवहार र सिक्ने क्षमता प्रभावित हुने अध्ययनले देखाएको छ ।

 

एक अमेरिकी पत्रिकाले गरेको यस अध्ययनमा २२ वटा लिपस्टिक ब्रान्डलाई सहभागी गराइएको थियो । यीमध्ये ५५ प्रतिशत लिपस्टिकमा बिषालु तत्तवको मात्र बढी पाइएको छ । ‘अन्डरराइटर्स’ नामक प्रयोगशालामा गरिएको परिक्षणमा १२ वटा लिपस्टिक उत्पादक कम्पनीमा सीसाको बढी प्रयोग पाइएको छ ।

 

बोस्टन सीसा विषाक्तता रोकथाम कार्यक्रमका चिकित्सकहरुले चेतावनीका साथ भनेको छन्, ‘सीसाको थोरै मात्र सम्पर्कले पनि स्वास्थ्यमा गम्भिर खतरा उत्पन्न हुनसक्छ, विशेषगरी मानसिक स्वास्थ्यमा नराम्रो असर पर्छ ।’

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 196

प्रतिक्रिया (०)

सम्बन्धित खबर