Aamsanchar

बिना पारिश्रमिक ‘अनमोल इभ’ विभिन्न शहरमा

Author Image
मङ्गलवार, भदौ १२, २०७५

  काठमाडौँ ।

बिना पारिश्रमिक नायक अनमोल केसीले बुटवलको कन्सर्टमा आफ्नो प्रस्तुती दिएका छन् ।

बुलवलसँगै अनमोलको कन्सर्ट अनमोल इभ पोखरा, चितवन र बिर्तामोड लगायतका शहरमा पनि आयोजना हुदैछ ।

शनिबार बुटवलमा आयोजना भएको ‘अनमोल इभ’ भव्यताका साथ सकिएको छ भने अव अन्य शहरहरु हुन बाँकी नै छ । झण्डै ७ हजार भन्दा बढि दर्शक सहभागी भएको बुटवलको कन्सर्टमा अनमोलसँग अनमोलका पिता भुवन केसी, नायिका तथा निर्देशक झरना थापा, नायिका प्रियंका कार्की पनि सहभागि भएका थिए ।

३ बजेबाट सुरु भएको बुटवलको कार्यक्रममा अनमोल करिब ८ बजेतिर स्टेज चढेका थिए । कन्सर्टमा अनमोलले गीत गाउँनु सँगै कृ को यती यती पानी बोलको गीतमा नाचे पनि । कार्यक्रमबाट उठेको रकमलाई आयोजक कम्पनी मोनिका इन्टरनेश्नल ग्रुपले नेपाल नेत्रहिन महिला संघलाई उपलब्ध गराउदै छ । त्यसैले पनि अनमोलले बिना पारिश्रमिक उक्त कन्सर्टहरुमा आफ्नो प्रस्तुती दिदै छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 217

प्रतिक्रिया (०)

सम्बन्धित खबर