Aamsanchar

नेपाली नारीको महान् पर्व हरितालिका तिज

Author Image
बुधवार, भदौ २७, २०७५

सुनिरा मैनाली

‘नेपालीहरुको ठुला प्रमुख चाड मध्ये एक नेपाली नारीहरुको एकता र शुखदुख साटासाट गर्ने महान पर्व हरितालिका तिज हो । तिज पर्व केही बर्षदेखि खर्चिलो र भड्किलो बन्दै गएको पाइन्छ । तिजको दरखने कार्यक्रम हो कि फेसन सो हो छुट्टाउनै मुस्किल छ । आज भोलि सामाजिक सन्जाल फेसबुक ,युटुबदेखि टेलिभिजन च्यानल हेर्ने हो भने तिज कै चर्चा परिचर्चा देख्न सकिन्छ । अहिले एक महिना अगिदेखि फेसबुक र युटुबमा नेपाली दिदिबहिनीहरुको तिजमा नाजगान गरेको फोटो र भिडियो देख्न सकिन्छ । बर्षमा एक चोटि मनाइने पर्व अहिले हप्तौ होइन झन्डै एक महिना अघि देखिनै सुरु भएको देखिन्छ जसले गर्दा परिवारिक झगडा र कोलाहल समाजमा वृद्धि भएको पाइन्छ ।चाडलाइ प्रतिस्पर्धाको रुपामा लिएकै कारण अहिले सबैभन्दा बडि हुनेखाने बर्गलाई लागेको छ भने हुँदा खाने बर्गलाई चाडपर्ब पनि अभिसाप बन्दै गएको छ ।

कुनै वेला समय मिलाएर सिमित ठाउमा तिज मनाईन्थ्यो तर अहिलेको तिज चोक चोक मात्र नभएर घर घर त्यो पनी नभएर भाडामा वस्नेहरु आफ्नै कोठामा डेक घन्काएर भए पनि दुई चार जनालाई वोलाएर तिज मनाईरहेका छन । अझ सहरबजारमा बस्नेहरु त झन दिनानुदिन तिजको नाममा दर खाईरहेका छन । अहिलेको तिजमा साच्चै भन्नेनै हो भने आधुनिकताका नाममा प्रतिस प्रर्दाको तिज भएको छ । को भन्दा को कम भन्ने शैलिमा तिजलाई प्रयोग गरिएको छ । समय अनुसार परिवर्तन भएर पनि हुन सक्छ त्यो पुरानो परम्परावाट आधुनिकता तर्फ मोडिएको तिज वा मोडाईएको तिज । तिजलाई तिज जसरी मनाउनु पर्ने हो साथीहरुका कथा ब्याथाहरु पिडा मर्काहरु भन्दा पनि यहा त तिजको नाममा महङगा महङगा गर गहना तथा महङगा कपडा लगाउनेहरुको होडवाजीनै चलेको जस्तो देखिन्छ ।

हुनत हुने खानेले जस्ता महङगा गर गहना तथा महङगा कपडा लगाएर जानु स्वभाविक पनि होला उनिहरुलाई सवै कुरा पुग्छ र लगाउछन तर हुदा खानेहरुलाई समेत यस्तो राम्रो र महङगा चिजहरु चाहिएको छ । यीनै महङगा गर गहना र महङगा कपडा लगाउनु पर्नेरे यिनै कारणले कतिको घरमा त झगाडा समेत हुने गर्छ कुनै वेला माइत जान नपाएका पिडा चेलिहरुमा हुन्थ्यो भने अहिले राम्रा चिज र महङगा चिज लगाउन नपाएका कथाहरु सुन्न पाईन्छ त्यसै कारण कतिले त तिजनै नआए हुन्थ्यो जस्तो गर्छन । अझ माइति घर र वालापनका साथि संगिहरुको त के सम्झना आउने ति भिर पाखा खेतवारी उकाली ओरालीको त कुरै छाडौ आधुनिक तिजले धेरैलाई विर्साएको छ र भुलाएको छ वाला पनका साथिहरु , माइति घर पनि, ति पुराना दिनहरु पनि ।

तिजलाई दुखहरु साटा साट गर्ने अवस्था छैन अहिलेको तिजमा त विलाशिलताका मात्र कुरा हुन्छन अनि अर्को दिन कुन ठाउमा गएर कसरी तिज मनाउने हो भन्नेमा मात्र चेलीहरुको दिन वितिरहेको छ । कुनै दिन चेलीहरु माइत जानलाई विभिन्न वाहाना हार गुहार गर्नुपथ्यो त्यो पनि खिर खानालाई तर अहिले माईत जानु पर्ने अवस्था पनि छैन किनकी एक महिना अघिवाट तिज लागेको हुन्छ दर खाइरहेकै हुन्छ ।

अहिलेका गित संगितमा पनि आधुनिकता अनुसार होला त्यति महत्व र ज्ञान वद्धक तिज गित सुन्न पाईदैन घुम्न जाने र रमाईलो गर्ने जस्ता गितहरु सुन्न पाईन्छ पहिलेका जस्ता पिर ब्याथाको गित संगित पनि लोभ हुदै गएको अवस्था छ । यिनै यिनै कारणवाट अहिलेको तिज भड्किलो भएको छ ।

युट्युब र टेलिभिजनमा तीजका गीत पूरै सुन्न र हेरिसक्न’ छैनन् । बिडम्बना, अधिकांश गीतमा केवल सारी, गहना धपक्कै लगाउने तथा मीठो–मीठो खानसँग र विसंगतियुक्त शब्द प्रयोग भएको पाइन्छ । केटाकेटीजस्तो बयस्क महिलाले फलानोले यो लगायो, मलाई पनि त्यही चाहियो भनेर गीत गाउँदै बुरुक्क–बुरुक्क उफ्रिएको देखियो, सुनियो। यी सबै गीत सुनेर तथा साथीभाइ आफन्तहरूले सोसल मिडियामा राख्नु भएको भिडियो हेर्दा मलाई लाग्यो – के हामीले तीज साँच्चिकै परम्परा धान्न तथा महिला दिदीबहिनीका पिर र व्यथाका मर्मस्पर्शी गीत घन्काउनका लागि प्रयोग गरिरहेका छौं त? कि भड्किलो बनाउँदै एक–अर्कासँग प्रतिस्पर्धा गर्दै महंगा–महंगा सारी तथा धपक्कै बल्नेगरी सुनका गहना, सिंगारमा मात्र सीमित भएका छौं?


ब्रतको एक दिन अगाडि खानुपर्ने दर महिना दिन अघिदेखि खाने पेशा नै बनाउनु पनि एउटा विकृति नै हो। यसले आफू–आफूमा रमाइलो गर्ने माहोल त बनाउला। तर, अनावश्यक खर्च बढाएको छ। तडकभडक छ। चाडपर्व त सबैले आफ्नो हैसियतअनुसार नै मनाउने हो। बजारमा आएका गीत र सामाजिक सञ्जालमा राखिएका तस्बिर हेर्दा मलाई यो त धनी र पैसा हुने महिलाको मात्र चाड होजस्तो लाग्यो।

समाजमा भएका कूरीतिलाई आँखा चिम्लेर लाउन र खानको विषयमा मात्र केन्द्रित हुन मिल्दैन। मंहगा गहना र सारीमा खर्च गर्ने पैसाले समाजमा महिला दिदी–बहिनीको शिक्षा, स्वास्थ्य र जनचेतनामूलक कार्यत्रममा खर्च गर्दा केही हदसम्म भए पनि त्यो पैसाले सार्थकता पाउला । त्यस्तो कार्यले समाजमा सानो परिवर्तन ल्याउला। हाम्रो परिवेश तथा समस्याहरूलाई चटक्कै बिर्सेर बाहिरी आवरण र खानमा मात्र तीजलाई सीमित राखिनु हँुदैन।

केही समययता त हाम्रो देशमा बलात्कारका घटना थुप्रै घटेका छन्। तीजको मुखमा आम महिलाको चासो, चिन्ताको मुख्य विषय बलात्कारका घटना हुनुपर्ने हो। हामीले तीजको अवसरमा यसलाई मुद्दा बनाएर आफू र आगामी पिढीलाई अगाडि बढाउनुपर्ने हो। तर, मैले अहिलेसम्म कहीँ यसको बारेमा शब्द हालेको गीत गाएको सुनेको छैन। महिलाको शरीरको स्वामित्व उसकै हुन्छ। उसको अनुमतिबिना कसैले पनि छुन पाउँदैन। यसरी छुनु गैरकानुनी तथा दुर्व्यवहार हो भन्ने जनचेतनामूलक गीत गाउँदा पो तीजको सान्दर्भिकता उजागर हुने छ।

हुन त चाडपर्व मान्ने आ–आफ्नै शैली र तरिका होलान्। मनोरञ्जनबिनाको जीवन सार्थक नहोला। तर, अहिले जति समय कपडा किन्न र छिमेकीसँग खानमा प्रतिस्पर्धा गर्दै खेर फालेका छौं, त्यसको केही प्रतिशत समय र पैसा समाजमा हुने बालबालिका अपहरण, हत्या, हिंसा, बलात्कारविरुद्ध खर्चिन सके केही हदसम्म भए पनि हत्या, हिंसा र बलात्कारमा कमी आउने थियो कि ।

केही महिनायता बलात्कारपछि निर्मम हत्या गरिएका घटना सुन्दा कहाली लाग्छ। यसरी दिनदहाडै आमा, दिदी, बहिनी, छोरीचेलीको अस्मिता, आत्मसम्मान तथा ज्यान नै जोखिममा पर्दा पनि हामी तीजजस्तो महिलाको कथा–व्यथा सुनाउने पर्वमा गहना सारीको गीत मात्रै गाउँछौं। नाच्दै रमाउँछौं। परिस्थितिअनुसार खुसी हुनु रमाउनु राम्रो हो। तर, हामी सबैको सामाजिक दायित्व छ, हामीले अन्यायको पक्षमा पनि आवाज उठाउनुपर्छ। दोषीलाई उन्मुक्ति दिने कार्य्विरूद्ध दबाब सिर्जना गर्नुपर्छ। तीजको दरको अवसरमा गरिने कार्यक्रममा यस्ता विषय उठाउनुपर्छ।

अहिलेसम्म जे जस्तो भएपनी अबको दिनहरुमा भने तिज लगायत सम्पुर्ण पर्ब हरुलाइ खर्चिलो र भड्किलो हुन बाट बचाउने बिषयमा आजैदेखि सबै सम्बन्धित सरोकारवाला पक्ष प्रतिबद्ध होस र सबै आआफ्नो ठाउँ बाट सहयोग पुर्याउँ । साथै देश बिदेशी मा रहनु भएका नेपाली दिदिबहिनीहरुमा नेपाली नारिहरुको एकता र सुख दुख साटासाट गर्ने महान पर्व हरितालिका तिजको मंगलमय शुभकामना ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 413

प्रतिक्रिया (०)

सम्बन्धित खबर