Aamsanchar

कानूनमन्त्री भण्डारीद्वारा कारागार अवलोकन

Author Image
शुक्रवार, भदौ २९, २०७५

सुर्खेत,

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले सुर्खेत कारागार अवलोकन गर्नुभएको छ ।बिहीबार अपरान्ह् ४ः०० बजे कारागार पुगेर उहाँले भौतिक संरचना, कैदीबन्दीको निरीक्षण, सीपमूलक तालीम अवलोकन गर्नुका साथै त्यहाँ रहेका कैदीबन्दीको गुनासासमेत सुन्नुभएको थियो ।

मन्त्री भण्डारीले भन्नुभयो, कारागारलाई सुधारगृहका रूपमा विकास गरिने, कैदी बन्दीलाई सीपमूलक तालीम दिइने र कारागारबाट रुपान्तरित जीवन जिउने कला सिकाइने छ ।

मन्त्री भण्डारीलाई कैदीबन्दीले भौतिक संरचनाको जीर्णोद्वार हुन नसकेको, खानेपानीको समस्या भएको, शौचालय थोरै भएको, कानूनी उपचार गर्ने वकिलको अभाव भएकोजस्ता गुनासो गरेका थिए । करीब २०० कैदीबन्दी रहेको उक्त कारागारको मर्मत र अन्य व्यवस्थापनका लागि रु २२ लाख बजेट विनियोजन गरिएको मन्त्रालयले जनाएको छ ।

कारागार अवलोकनमा मन्त्री भण्डारीसहित आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव केशवप्रसाद आचार्य, प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव, प्रहरी उपरीक्षक वसन्त रजौरेलगायत गृह प्रशासनका अधिकारीको उपस्थिति थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 187

प्रतिक्रिया (०)

सम्बन्धित खबर