Aamsanchar

धारागोला भ्यू-टावर गोल्डकपको तयारी

Author Image
आइतवार, भदौ ३१, २०७५

शान्तिनगर ।

झापाको बुद्धशान्ति गाउँपालिका–७ धारागोलामा असोज ३ गते देखि २० गतेसम्म धारागोला भ्यू–टावर गोल्डकप फुटबल प्रतियोगिताको तयारी गरिएको छ ।

पछिल्लो समय चर्चामा रहेको प्रमुख पर्यटकिय स्थल धारागोला भ्यू–टावरको प्रचार÷प्रसार र आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सहयोग गर्ने उद्धेश्यले सो फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको मुल आयोजक समितिका अध्यक्ष धनमान लिम्बुले बताए ।

झापा र इलामका गरि १६ वटा फुटबल टोलीले सहभागिता जनाउने आयोजकले जनाएको छ । हाल मैदानको स्तर उन्नती र सरसफाईको काम तिब्र रुपमा गरिदैँछ । असोज ३ गतेसम्म मैदानलाई फुटबल खेलाउन योग्य बनाउन आयोजक कम्मर कसेर लागि परेका छन् । प्रतियोगिता संचालनको लागि आवश्यक आर्थिक संयोजनको काम पनि शुरु गरिएको छ । प्रतियोगिताको खेल तालिका (टाईसिट) समेत प्रकासित गरिएको छ ।

आयोजकसंगै पहरिगाउँ स्पोटिङ क्लब इलाम, स्यालडाँगी युथ क्लब, बुधबारे युवा क्लब, हर्कटे इलाम, युनिटी युथ क्लब, खुदुनाबारी युवा क्लब, मुनामदन एकाडेमी, जयपुर, धाईजन, शनिश्चरे, कुटिडाँडा युथ क्लब इलाम, चारआली युवा क्लब, सयपत्री युवा क्लब र बहुवन युवा क्लब इलामले सहभागिता जनाउने आयोजक समितिका सचिब राजकुमार लावतीले पूर्वाञ्चल दैनिकलाई जानकारी दिए ।

प्रतियोगिताको बिजेताले नगद ३० हजार, ट्रफि, प्रमाण पत्र र उपबिजेताले नगद २० हजार, ट्रफि, प्रमाण–पत्र प्राप्त गर्नेछ । यसका साथै हरेक दिनको खेलको ‘म्यान अफ द म्याच’ लाई नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिता सम्पन्न गर्न २ लाख बढि खर्च हुने आयोजकको अनुमान छ । प्रतियोगिताको प्रथम पुरस्कार बुद्धशान्ति–४ मा रहेको मुनामदन एकाडेमीले प्रायोजन गर्ने र दोस्रो पुरस्कार नमुना सामुदायिक बन उपभोक्ता समिति बुद्धशान्ति–७ र रोङ्ग–४ ले प्रायोजन गर्ने आयोजक समितिका अध्यक्ष लिम्बुले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 229

प्रतिक्रिया (०)

सम्बन्धित खबर