Aamsanchar

‘संविधानले मानवाधिकार र प्रेस स्वतन्त्रताको सुनिश्चित गरेको छ’

Author Image
बुधवार, असोज ३, २०७५

हेटौंँडा, 

प्रदेश नं ३ प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मुलुकको संविधानले मानवअधिकारको प्रत्याभूति गर्न, प्रेस स्वतन्त्रताको साथै राजनीतिक दल खोल्न पाउने अधिकारको सुनिश्चित गरेको बताउनुभएको छ ।

संविधान दिवसको उपलक्ष्यमा प्रदेश नं ३ प्रदेशस्तरको संविधान दिवस मूल समारोह समितिद्वारा हेटौँंडामा आज आयोजित समारोहमा उहाँले प्रदेश सरकारले संसदीय प्रजातन्त्रको सुढृढीकरण गरी जनतालाई आर्थिक समृद्धितर्फ उन्मुख गराउन क्रियाशील रहने बताउनुभयो ।

उहाँले जनताको जीवनशैली र व्यवहारमा सुधार गरी उनीहरुलाई समाज उत्थानको साथै विकासको पूर्वाधार निर्माणमा आत्मनिर्भर तुल्याउन प्रदेशका लागि आवश्यक ऐन कानून तर्जुमा गर्ने र केही ऐन प्रमाणीकरण गरिसकिएको उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री पौडेलले जनतासँग प्रत्यक्ष सरोकार भएका विकाससँग सम्बन्धित कार्यालयबाट जनतालाई आवश्यक सेवा सुविधा उपलब्ध गराउन सम्बन्धित स्थानीय प्रशासनलाई निर्देशन दिइसकेको उल्लेख गर्नुभयो ।

सो अवसरमा प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमकटेलले तराईका राजनीतिक दलले संविधानको मर्मलाई आत्मसात गरी जनताको मौलिक हकको सम्बद्र्धन गर्न र उनीहरुलाई आर्थिक समृद्धि क्रियाशील गराउन एकजुट हुनुपर्ने विश्वास व्यक्त गर्नुभयो ।

समारोहमा मुख्यमन्त्री पौडेलले जन आन्दोलनको क्रममा शहीद हुनुभएका वासुदेव घिमिरेका मातापिता र शहीद रुद्र पाख्रिनका धर्मपत्नी राममाया पाख्रिनलाई नगद रु पाँच हजारसहित दोसल्ला ओढाई सम्मान गर्नुभयो ।

संविधान दिवस समारोह समितिद्वारा आज बिहान हेटौँंडास्थित भुटनदेवी उच्च माविको प्राङ्गणबाट निस्केको झाँकीसहितको ¥याली हेटौँंडा बजारलगायत चौकीटोल हँुदै स्थानीय मकवानपुर क्याम्पसको प्राङ्गणमा पुगेपछि कार्यक्रममा परिणत भएको थियो ।

¥यालीमा प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानुकुमार श्रेष्ठ, उपसभामुख राधिका तामाङ, मन्त्री, मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयका प्रमुख सचिव आनन्दराज ढकाल, विभिन्न मन्त्रालयका सचिव, नेपाली सेना, प्रहरीका उच्च अधिकृत र राजनीतिक दलका प्रतिनिधि सहभागी हुनुहुन्थ्यो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 70

प्रतिक्रिया (०)

सम्बन्धित खबर