Aamsanchar

एकै दिन हजारौ झापाली सामाजिक अभियन्ता बन्दै

Author Image
बिहिवार, कार्तिक ८, २०७५

कमल पाण्डे विनोद

चारपाने, कार्तिक ९ । धोरै समयमा धेरै काम भ्याउनु पर्ने अहिले व्यस्त जीवनशैली र समयसापेक्ष लाई मध्ये नजर गर्दै संसारमा सवारी साधन बनाउने होडबाजी नै चलेको छ । अझ यातायातका साधन मानिसलाई नभई नहने साधान बनेको छ र सो साधनले धेरै सहजता दिलाएको पनी छ, सजिलो संगै अफ्टेयाराहरु पनी खडा भएका छन । सवारीकै कारण कयौं मानिसले जीवन समाप्त गरिपनी सकेको छ, झन झन तिब्र हुदै भएको छ सवारी दुर्घटनाका काराण मानिसको मृत्यूदर ।

सवारी दुर्घटनालाई हेर्ने हो भने प्रदेश नम्बर १ तुलनात्मक रुपले उच्च सोखिममा छ त्यसमाथी झापा जिल्ला झन प्रभावित रहेको ट्राफिक प्रहरी कार्यालयले जारी गरेको सूचनाहरुमा पाउन सकिन्छ ।यस्तै भयानक सवारी दुर्घटना निम्तिनुको मुख्य कारण मानविय चेनताको कमी, सडक, बढदो सवारी चाँप, आवसेक ट्राफिक सचेतना जगाउने साधन र श्रोतको अभावले बढी दुर्घटना भएको आधारले प्रमाणित गरिरहेको छ ।

दुर्घटनाको भयाभव स्थितिलाई मध्ये नजर गरेर सहारा नेपालको संयोजन र विभिन्न स्थानिय संघ संस्थाको सहयोगमा मंसिर ४ गते डोमालाल राजवंशी रंगाशाला बिर्तामोडबाट सवारी दुर्घटना न्यूनिकरण अभियान भव्य शुभारम्भ हुने भएको छ । अभियानको उद्घाटनमा नेपालकै नम्बर एक बहुचर्चित सांगीतिक समुह नेपथ्य ब्याण्डले सांगीतिक प्रस्तुती गर्ने भएको छ । उक्त कार्यक्रमवाट संकलित रकम र विभिन्न निकायवाट जुटने आर्थिक सहयोग वाट प्रार्थमिकतामा यस्ता काम अघि सारिएको छ ।

यसरी हुदै अभियान शुभारम्भ

नेपालको चर्चित तथा लोकप्रिय सांगीतिक समूह नेपथ्यको प्रस्तुतिसहित आगामी मंसिर ४ गते यस अभियानको शुभारम्भ हुनेछ । प्रत्यक्ष अप्रत्यक्ष सहभागी हजारौं संगीतप्रेमीहरु पनि यस अभियानका अभियन्ता हुनेछन । यो अभियानको उद्घोष पूर्व विभिन्न शैक्षिक प्रतिष्ठान र नागरिकस्तरमा अभियानसम्बन्धी छलफल गरिनेछ । मंसिर ४ गते डोमालाल राजवंशी रंगशाला बिर्तामोडबाट अभियान शुभारम्भका हुने भएको बताईएको छ ।

पहिलो चरण कार्यक्रम मार्फत संकलित रकमलाई यसरी सदुपयोग गरिदै छ ।

ट्राफिक प्रहरी कार्यालयहरुलाई उपकरण हस्तान्तरण

यही चैत मसान्तसम्म दोस्रो चरणको कार्यक्रमअन्तर्गत प्रदेश ट्राफिक प्रहरी कार्यालयलाई १० वटा मोटरसाइकल, १० वटा बे्रथ लाइजर, १० वटा र्याडर गन, ३ वटा जेब्राक्रस मार्किङ मेसिन र केही थान वक्की टक्की सेट प्रदान गर्ने योजना छ । ट्राफिक प्रहरी कार्यालयहरुलाई उपकरण हस्तान्तरण

यही चैत मसान्तसम्म दोस्रो चरणको कार्यक्रमअन्तर्गत प्रदेश ट्राफिक प्रहरी कार्यालयलाई १० वटा मोटरसाइकल, १० वटा बे्रथ लाइजर, १० वटा र्याडर गन, ३ वटा जेब्राक्रस मार्किङ मेसिन र केही थान वक्की टक्की सेट प्रदान गर्ने योजना छ ।

ट्राफिक नियम सचेतना कार्यक्रम

२०७६ साल वैशाखको पहिलो सातादेखि ट्राफिक नियम सचेतना कार्यक्रम बृहत रुपमा गरिनेछ । ट्राफिक नियमअन्तर्गत रहेका,नरहेका होर्डिङ बोर्डलाई व्यवस्थापन गर्दै वातावरणमैत्री पर्चा पम्पप्लेट वितरण, सञ्चारमाध्यमबाट कार्यक्रम प्रकाशन प्रशारण, विद्यार्थी, युवा, राजनीति कार्यकर्ता, सामाजिक अभियान्ताहरुलाई प्रत्यक्ष सहभागी गराई ट्राफिक नियम सचेतना कार्यक्रम अगाडि बढाइनेछ । यस कार्यक्रमको प्रभाव र आवश्यकतालाई मध्यनजर गर्दै अभियान अवधि बढाइने-घटाइने साथै कार्यक्रमको ढाँचामा समेत फेरबदल गरिनेछ ।

ट्राफिक लाइट जडान

ट्राफिक लाइट जडान यस अभियानको सबैभन्दा विशेष कार्यक्रम मात्र नभई खर्चिलो समेत रहनेछ । प्राविधिक रुपमा उपयुक्त स्थान, उपयुक्त प्रविधि र दक्ष प्राविधिक छनोटसम्म सूक्ष्म अध्ययन गर्नुपर्ने भएकोले यो कार्यक्रमलाई चौथो चरणमा राखिएको हो । तीन चरणको कार्यक्रम चलिरहँदा चौथो चरणलाई सफल बनाउन आवश्यक अध्ययन र पूर्वाधारको तयारीसमेत चलिरहनेछ ।

स्थानीय सरकार, प्रदेश सरकार र प्रदेश ट्राफिक प्रहरी कार्यालयसँग सहकार्य गरी जडान गरिने ट्राफिक लाइटका लागि समयसीमा तोकिएको छैन । कति ठाउँ र कति वटा जडान गरिने, अध्ययनपश्चात मात्र यकिन हुने भएको छ ।

 

 

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 331

प्रतिक्रिया (०)

सम्बन्धित खबर