Aamsanchar

‘गे सेक्स’बारे कामुक उपन्यास लेख्ने लेखिकालाई १० वर्ष जेल

Author Image
मङ्गलवार, मंसिर ४, २०७५

एजेन्सी ।

समलिंगी सम्बन्ध (गे सेक्स) बारे किताब लेखेको आरोपमा चीनमा एक लेखिकालाई जेल हालिएको छ।

अन्हुई प्रान्तकी लिउ नाम गरेकी लेखिकालाई अश्लिल विषयमा किताब लेखेको आरोपमा १० वर्षको जेल सजाय सुनाइएको हो। लिउलाई किताब लेखेको र बिक्री वितरण गरेको भन्दै जेल हालिएको हो।

गत महिना अन्हुइ प्रान्तको जन अदालतले जेल हाल्ने फैसला सुनाएपनि यो घटना ढिलो सार्वजनिक भएको हो। लिउले ‘अक्युपेसन’ नामक उपन्यासमा पुरुषको समलैंगिक सम्बन्धका विषयमा लेखेकी थिइन्।

उक्त उपन्यासमा समलैंगिक यौन गतिविधिका बारेमा व्याख्या गरिएको बताइएको छ। लिउलाई जेल हालिएकोबारे भने चीनमा व्यापक विरोध भइरहेको बताइएको छ। चीनमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले लिउको पक्षमा आवाज उठाइरहेका छन्।

लिउले पनि आफूलाई दिइएको सजायविरुद्ध मुद्दा दायर गरेको बताइएको छ। लिउलाई ३१ अक्टोबरमा वुहूको पिपल्स कोर्टले अश्लील सामग्रीलाई फाइदाका लागि लेख्ने र बेच्ने अपराधमा सजाय सुनाएको थियो। लिउको उपन्यास अनलाइन माध्यममा लोकप्रिय भएसँगै यो उनीविरुद्ध प्रहरीमा उजुरी पनि परेको थियो।

चीनको सरकारी समाचार एजेन्सी ग्लोबल टाइम्सका अनुसार लिउका ‘अक्युपेसन’ लगायत कामुक उपन्यासका ७००० भन्दा बढी प्रति बिक्री भएका थिए। जसबाट उनलाई डेढ लाख युनान (२४ लाख ७३ हजार रुपैयाँ) भनदा बढी फाइदा भएको थियो। चीनमा अश्लील फिल्म र साहित्यलाई गैरकानुनी रूपमा लिइन्छ। थाहाखबरबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 554

प्रतिक्रिया (०)