Aamsanchar

मिस मेचीलाई ५ प्रश्न

Author Image
बुधवार, साउन २६, २०७३

_aamsanchar

नाम : समिक्षा खतिवडा
ठेगाना : विर्तामोड–२,चारपाने
उमेर : १९ बर्ष
उचाई : ५ फिट ३ इन्च
रुची : अभिनय, नृत्य, कविता लेखन

केही महिना अघीमात्र मिस ग्राण्ड झापा बन्न सफल समिक्षा, मिस मेचीको उपाधी पनी चुम्न सफल भएपछी एक बर्षमै दुईवटा उपाधी हातपार्ने पहिलो झापाली युवतीमा पर्छिन ।

उनीलाई आमसंचारले गरेको ५ प्रश्न र उनको जवाफ

१, मिस मेची बनेपछी आफुलाई कस्तो अनुभूती गर्नु भएको छ ?

मैले मिस ग्राण्ड झापाको उपाधी प्राप्त गरेपछी म धेरै खुशी थिए नै फेरी मिस मेचीको उपाधी घोषित भएपछी मेरो खुशीको शिमा नै छैन, म अत्यनत खुशी छु ।

२, युवतीहरुले यस्ता खाले प्रतियोगितमा भाग लिदा प्राप्त गर्ने महत्वपूर्ण कुरा चै के हो ?

महिला पुरुष विचको विभेदको अन्त्य, आत्म निर्भर हुनु, रुढीबाधी हटदै जानु, नेतृत्व र व्यक्तित्व क्षमता बढनु हो जस्तो लाग्छ ।

३, मिस ग्राण्ड देखी मिस मेची हुदा सम्म के के अवसर प्राप्त गर्नु भयो ?

सर्वप्रथम त मेरो परिचय बढेको छ , विभिन्न समाजिक संघ संस्थावाट सम्मान पाए, टेलिभिजन कार्यक्रम आव मेरो पालोमा उद्घोसिकाको अवसर मिलेको छ, कोरियोग्राफीको लागी अफरहरु पनि आएको छ ।

४, एउटा प्रतियोगितामा भाग लिन एक व्यक्ति बरावर कती खर्च गर्नु पर्दो रहेछ ?

खर्च त धेरै हुन्छ, फर्म भर्न, ट्रेनिङ गर्न, ड्रेस किन्न, मेकप गर्न, यातायात, खाजा लगायत धेरै खर्च निस्कन्छ, एक व्यक्ति बरावर निम्नतम २५ हजार देखी ४० हजार सम्म खर्च हुदो रहेछ ।
५, यस्तो कार्यक्रमको राम्रो पक्ष धेरै छन, नराम्रो पक्षचै के लाग्यो तपाईलाई ?

हरेक राम्रोको पछाडी नराम्रो पनी हुन्छनै, नराम्रो पक्ष चै के लाग्यो भने, यस्तो कार्यक्रममा हुनेखाने परिवारका छोरी हरुले मात्र भागलिन सक्ने भए, विपन्न वर्गका छोरीहरुले आर्थिक अभावकै कारण कार्यक्रममा सहभागी हुन सकेका छैनन । तिनीहरुमा पनी क्षमता हुन्छ तर अवसर नपाएर पछी पर्नु परेकोमा मलाई दुख लाग्ने गरेको छ । र कतीपय आयोजकहरुले टाईटल घोषित गराउने त्यसपछी कुनै सर्पोट नर्गर्ने गरेको सुन्छु त्यसो नगरियोस पनी भन्न चाहान्छु । व्यवसायको रुपमा मात्र यस्ता कार्यक्रम आयोजना हुनथाले भनेर समाजमा कतीपयले आलोचना गर्ने गरेकोपनि सुने छु।  व्यवसायलाई मात्र प्रार्थमिकता दिईने कार्यक्रले  टाईटलको महत्व विस्तारै घटाउदै लान सक्नेहुदा राम्रो लागेको छैन  । बर्षमा थोरै कार्यक्रम हुन बर्षपिछे कार्यक्रमले निरन्तरता पनि प्राप्तगर्न सकेमात्र टाईटलको महत्व बढछ । सुन्दैछु झापामै फेरी मिस पूर्व आईकन हुन गहिरहेको छ  । काठामाण्डौं बाहिरकै ठुलो कार्यक्रमको आयोजना हुने कुरा सुन्न पाएकोमा म अतिनै खुशी छु, प्रतियोगितामा भागलिने युवतीहरुले निशुल्क भागलिने अवसर पाएकोमा अझै खुशी छु । र मिस पूर्व आईकन सफलताको शुभकामना पनि दिन चाहान्छु ।

प्रस्तुति तथा फोटो : विनोद पाण्डे/आमसंचार

लोकेशन : नेशनल भिजन स्टुडियो, चारपाने

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 194

प्रतिक्रिया (०)