Aamsanchar

इतिहास बनाउने मोडमा पुगेको नेपाल अन्तत: चुक्यो, थाइल्यान्डसँग नेपाल ७० रनले पराजित

Author Image
शनिवार, माघ ५, २०७५

काठमाडौं ।

थाइल्यान्डसँग नेपाल ७० रनले पराजित भएको छ । थाइल्याण्डमा जारी महिला टि– ट्वान्टी स्मास क्रिकेट प्रतियोगिताको फाइनल खेलमा घरेलु टोली थाइल्यान्डसँग नेपाल इतिहाँस बनाउने मोडमा नै पुगेर पराजित हुन बाधय भएको हो ।

थाइल्याण्डसँग अनपेक्षित हार बेहोर्न बाध्य भएको नेपालले यससँगै उप विजेताका रुपमा चित्त बुझाउन बाधय भएको छ ।

थाइल्याण्डले दिएको १ सय २२ रनको लक्ष्य नेपालले भेट्टाउन नसकेपछि पराजित भएको हो । नेपाल १७.२ ओभरमा सबै विकेट गुमाएर ५१ रनमा समेटिएसँगै नेपाल इतिहास बनाउनबाट चुकयो ।

नेपालका लागि नेरी थापाले सर्वाधिक १७ रन जोड्न सकिन ।नेपालका अन्य सिता राना मगर १३,सरिता मगर ५,रोमा थापा २,कप्तान रुविना क्षेत्री९वेलवासे० ५ र करुणा भण्डारी ४ रनमा आउट भए । थाइल्यान्डका सुल्ली पोरन लोमीले सर्वाधिम ३ विकेट लिदा तिप्पोचले २ विकेट लिइन् ।

त्यस अघि तेर्थई क्रिकेट मैदान टस हारेर ब्याटिङ थालेको थाईल्यान्डले निर्धारित २० ओभरमा १ विकेटको क्षतिमा १ सय २१ रन बनायो । ओपनर नात्थकन चान्थम र नरुइमोल चवाईले पहिलो विकेटका लागि १७ ओभर भित्र ९४ रनको साझेदारी गरेपछि थाइल्यान्डले बलियो योगफल तयार पारेको हो उत्कृष्ट अर्धशतक प्रहार गरेकी चान्थमले ६७ बलमा ४ चौका प्रहार गर्दै ६९ रनमा नट आउट रहिन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 223

प्रतिक्रिया (०)

सम्बन्धित खबर