Aamsanchar

बालकका आफन्त र अस्पताल प्रशासनबीच ५ बुँदे सहमति

Author Image
सोमवार, माघ २१, २०७५

झापा ।

बालकका आफन्त र अस्पताल प्रशासनबीच ५ बुँदे सहमति भएपछि आइतबार रातभर तनावग्रस्त बनेको झापाको बिर्तामोड स्थित बिर्ता सिटी हस्पिटलको अवस्था समान्य भएको छ ।

चिकित्सकको ‘लापर्वाही’ले बालकको मृत्यु भएको भन्दै आफ्न्तले अस्पतालमा तोडफोड गर्न सुरु गरेपछि स्थिती तनावग्रस्त बनेको थियो ।

सोमबार बिहान इलाका प्रहरी कार्यालय अनारमनीमा बसेको सर्वपक्षीय भेलाले मेची अञ्चल अस्पताल भद्रपुरका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर पिताम्बर ठाकुरको संयोजकत्वमा ५ सदस्य छानबिन समिति गठन, १० दिनभित्र प्रमुख जिल्ला अधिकारीलाई प्रतिवेदन बुझाउने, उपचारमा संलग्न चिकित्सकको किटानी जाहेरी लिने र दोषी भेटिए कारबाही गर्ने, बीपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानमा शवको पोष्टमर्टम गर्ने र आवश्यक परे विज्ञ टोली बोलाएर छानबिन गर्ने सहमति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।

यसअघि मेचीनगर–१३, कालीझोडाका उमङ राजवंशीका दुई वर्षीय छोरा जेनित राजवंशीको इन्जेक्सन लगाएलगत्तै मृत्यु भएको थियो । आइतबार बेलुका ६ बजे अस्पताल ल्याइएका बालकको इन्जेक्सन लगाएको केही क्षणमै मृत्यु भएपछि डाक्टर र नर्स भागेको परिवारले जनाएको छ ।

मृतकका बुबाले छोरालाई झाडापखाला लागेर अस्पताल ल्याइएकोमा इन्जेक्सन दिएलगत्तै सिकिस्त भएको र डाक्टरसमेत भाग्नुले गलत औषधि प्रयोगका कारण आफ्नो छोराको मृत्यु भएको बताएका छन् ।

डाक्टरको चरम लापर्वाहीका कारण बालकको मृत्यु भएको भन्दै आफन्तले अस्पतालमा तोडफोडसमेत गरेका थिए । आफन्तहरु तोडफोडमा उत्रिएपछि प्रहरीले ४ शेल अश्रुग्याससमेत प्रहार गरेको थियो । वार्ता मिलेसंगै साृमबार दिउँसोबाट भने अस्पतालको अवस्था सामान्य बनेको जनाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 215

प्रतिक्रिया (०)

सम्बन्धित खबर