Aamsanchar

नेकपाले आज ‘जनयुद्ध’ दिवस मनाउँदै, प्रधानमन्त्री ओली कार्यक्रममा सहभागी नहुने !

Author Image
बुधवार, फागुन १, २०७५

काठमाडौं ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज तत्कालीन नेकपा माओवादीले जनयुद्ध सुरु गरेको दिनको स्मरण गर्दै छ । तत्कालीन नेकपा माओवादीले २०५२ सालमा सशस्त्र युद्ध सुरु गरेको दिन अर्थात् फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा मनाउँदै आएको थियो ।

तर, तत्कालीन माओवादी र तत्कालीन एमालेबीच पार्टी एकीकरण भएपछि यो दिनलाई जनयुद्ध दिवस नभनी जनआन्दोलन र जनयुद्धका शहीदहरुप्रति श्रद्धाञ्जली कार्यक्रम नाम दिएर मनाउन लागिएको हो । पार्टी एकीकरणपछि जनयुद्ध दिवस मनाउने कि नमनाउने भन्नेमा अन्योल थियो ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच जनयुद्ध दिवस नभनी जनआन्दोलन र जनयुद्धका शहीदहरुप्रति श्रद्धाञ्जली नाम दिएर यो दिवस मनाउने सहमति भएको हो ।सोहीअनुसार नेकपाले आज पार्टी कार्यालय धुम्बाराहीमा एक कार्यक्रमसमेत आयोजना गर्दै छ । कार्यक्रममा नेकपाका अध्यक्ष दाहाल सहभागी हुने कार्यक्रम छ ।

तर प्रधानमन्त्री ओली भने कार्यक्रममा सहभागी नहुने बताइएको छ । दुई पार्टीबीच एकताका क्रममा पार्टीको प्रस्तावनामा जनयुद्ध शब्द राख्ने विषयमै विवाद भएको थियो ।

सुरुवातमा जनयुद्धको स्थानमा जनक्रान्ति शब्द राख्न प्रस्ताव गरेको एमाले पछि हटेको थियो । पार्टी एकताको विधानमा भने जनयुद्ध शब्द राखिएको छ ।–इमेज खबरबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 237

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आज माता तिर्थ औंशी, थानकोटमा मेला
मङ्गलवार, वैशाख २५, २०८१
आमा (कविता)
मङ्गलवार, वैशाख २५, २०८१