Aamsanchar

पार्वती बचाउन अभियान शुरु

Author Image
सोमवार, फागुन ६, २०७५

डोटी,

जिल्लाको सायल गाउपालिका–३ बस्ने हरिपाल थापाकी ८ महिनाकी गर्भवती श्रीमती पार्वती विष्ट (थापा) फागुन १ गते घरनजिकैको जङ्गलमा घास काट्न गएको बेला भिरबाट लडेर गम्भीर घाइते भइन् ।

दूरदराजका महिलाहरुलाई सुत्केरी अवस्थामा जटिल अवस्थामा पुगे हेलिकप्टरको माध्यमबाट सरकारले सेवा प्रदान गर्दै सुरक्षित स्थानसम्म पु¥याउने बताइरहेका बेला डोटीको दुर्गम मानिने सायल गाउँपालिका क्षेत्रमा ज्यानसम्मको खतरा हुँदा हेलिकप्टरबाट गर्भवती घाइते थापाको उद्दार हुन सकेन । स्थानीयवासी तथा नेकपाका नेता तेज डुम्रेलका अनुसार पाँच घण्टासम्म गाउँको स्थानीय स्वास्थ्य चौकीमा हेलिकप्टर आउँछ भन्दै राखेपछि हेलिकप्टर नआउँदा निजलाई थपउपचारका लागि बाहिर पठाइएको थियो ।

हेलिकप्टर मगाउनका लागि स्थानीय तहको सिफारिस चाहिने भए पनि स्थानीय तहले सिफारिस नगर्दा समस्या भएको पीडित पक्षको गुनासो छ । गाँउमा केही सीप नलागेपछि स्थानीयको सहयोगमा घाइते थापालाई उपचारका लागि डोटीको दिपालय पिपल्लास्थित शैलेश्वरी अस्पतालमा पु¥याइएको थियो ।

उक्त अस्पतालमा उपचार सम्भव नभए पछि थप उपचारका लागि कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको छ । कोहलपुरमा पनि उपचार हुन नसके पछि उनलाई अहिले शिक्षण अस्पताल काठमाडौँ पु¥याइएको उहाँका श्रीमान् हरिपाल थापाले बताउनुभयो । आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा कठिनाई भएकाले आफ्नो श्रीमती बचाउनका लागि श्रीमान् हरिपाल थापाले सबैमा आग्रह गरेका छन् ।

हरिपालको आग्रहपछि अहिले डोटीमा पार्वती बचाउन अभियान शुरु गरीएको स्थानीय तथा नेकपाका नेता तेज डुम्रेलले बताउनुभयो । हालसम्म रु नौ हजार सङ्कलन भएको जनाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 128

प्रतिक्रिया (०)

सम्बन्धित खबर