Aamsanchar

राजसंस्थासहित सबै राजनीतिक शक्तिहरु अटाउने गरी गोलमेच सम्मेलन गर्न राप्रपालको माग

Author Image
मङ्गलवार, फागुन ७, २०७५

झापा।

राप्रपाले राजसंस्थासहित सबै राजनीतिक शक्तिहरु अटाउने गरी गोलमेच सम्मेलन गर्न माग गरेको छ । आज मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई २२ बुँदे मागपत्र बुझाउँदै राप्रपाले यस्तो माग गरेको हो । राप्रपाले २०४७ सालयताका उच्च पदस्थ व्यक्तिहरुको सम्पत्तिको छानविन गर्न पनि माग गरेको छ

राप्रपा अध्यक्ष कमल थापाले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रको बुँदानम्बर ७ ९छ०मा लेखिएको छ, ‘२०४७ साल यताका उच्च पदस्थ व्यक्तिहरुको सम्पत्तिको छानविन गर्न न्यायिक छानविन आयोग गठन गरियोस् ।’

राप्रपाको कन्द्रिय कार्यक्रम अन्तर्गत ७७ वटै जिल्लामा पनि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र वुझाईएको छ । सोही कार्यक्रम अन्तर्गत झापामा पनि राप्रपा जिल्ला अध्यक्ष अम्वर विष्टले प्रमुख जिल्ला अधिकारी ऋषि राम तिवारी लाई ज्ञापन पत्र वुझाउनु भयो ।

राप्रपा वाट झापामा निर्वाचित कचनकवल गाँउपालीकाका अध्यक्ष अन्जार आलम, हल्दिवारी गाँउपालीकाका अध्यक्ष रविन्द्र लिङ्गदेन, गौरीगञ्ज गाँउपालीकाका अध्यक्ष वावुराजा श्रेष्ठ लागायतका जिल्ला स्थित नेता तथा कार्यकर्ताको सहभागीतामा ज्ञापन पत्र वुझाईएको हो ।

यसअघी चन्द्रगढीमा भेला भएका नेता तथा कार्यकर्ताको रली जिल्ला प्रशासन कार्यालय अगाढी पुगेर कोण सभामा परिणत भएको थियो । कोण सभालाई सम्वोधन गर्दै जिल्ला अध्यक्ष अम्वर विष्टले राजसंस्थासहित सबै राजनीतिक शक्तिहरु अटाउने गरी गोलमेच सम्मेलन गर्ने माग गर्नुभयो ।

जवर्जस्ती धर्म परिवर्तन गराउने कार्य नियन्त्रण गर्न र धर्म परिवर्तनमा संलग्न गैरसरकारी संस्थाहरुलाई बन्द गर्न समेत उहाले माग गर्नुभयो ।

धर्म्निरपेक्षता खारेज गरी हिन्दुराष्ट्र घोषणा गर्नुपर्ने, संघीयतामा जनमत संग्रह गर्नुपर्ने, मेलम्ची र वाइडबडी जहाजमा भएको अनियमितता छानबिन गरी कार्वाही गर्नुपर्ने लगायतका विषय पनि राप्रपाले बुझाएको मागपत्रमा उल्लेख छन् ।

फाल्गुन मसान्त भित्र उक्त मागहरु पूरा नभए चैत्र पहिलो हप्तावाट देशव्यापी जन संघर्ष गर्ने राप्रपाले चेतावनी पनि दिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 129

प्रतिक्रिया (०)