Aamsanchar

आजदेखी फिल्म ए मेरो हजुर–३ र यात्रा प्रदर्शन हुदै , कस्ले मार्ला त बाजि ?

Author Image
शुक्रवार, चैत २९, २०७५

काठमाडौं,

शुक्रबारबाट दुई नयाँ फिल्म ए मेरो हजुर–३ र यात्रा–द म्युजिकल भ्लग प्रदर्शन भएका छन् । ए मेरो हजुर–३ झरना थापाको निर्देशनमा सुनीलकुमार थापाले निर्माण गरेका हुन् भने नवनिर्देशन सम्राट शाक्य निर्देशित यात्रालाई केशव भट्टराई, सुशील पोखरेललगायतले निर्माण गरेका हुन् ।

झरना पुत्री सुहाना थापाले हिरोइनका रूपमा डेब्यु गरेको ए मेरो हजुर–३ को बिहीबार साँझ कुमारी हलमा प्रिमियर गरियो । फिल्म तथा सञ्चारकर्मीको बाक्लो उपस्थिति रहेको प्रिमियरमा फिल्मले उत्साहजनक प्रतिक्रिया पाएको छ । फिल्ममा सुहानाका साथमा अनमोल केसी, सलोन बस्नेत, अर्पण थापालगायत कलाकारले अभिनय गरेका छन् ।

यात्रामा भने सलिनमान बनियाँ, राजाराम पौडेल, सलोन बस्नेत, मलिका महत, रेअर राई, जाहान्वी बस्नेतलगायत कलाकारले अभिनय गरेका छन् । कलेजको असाइन्मेन्ट पूरा गर्न यात्रामा निस्किएका युवायुवतीको जीवनमा आएको परिवर्तनको विषय फिल्ममा बुनिएको बताइन्छ । नयाँ पत्रिकामा खबर छ । लामो समय मुख्य सहायक निर्देशक भई काम गरेका सम्राटले डेब्यु फिल्मबाट निकै आस राखेका छन् । ए मेरो हजुर–२ मा भने अभिनेत्री झरनाले निर्देशन गरेको दोस्रो फिल्म हो । यसअघि उनले गत वर्ष ए मेरो हजुर–२ निर्देशन गरेकी थिइन् । सो फिल्म हिट भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 448

प्रतिक्रिया (०)