Aamsanchar

सुरुङ्गाप्रति ठुला बैक आर्कशित बन्दै

Author Image
आइतवार, जेठ १२, २०७६

सुरुङ्गा, जेठ १२ । झापाको शान्ती क्षेत्र मानिएको सुरुंगामा क वर्गका बैक धमाधम खुल्न थालेकाछन । आईतबार एक समारोहका वीच सिभिल बैंक लिमिटेड सुरुङ्गा शाखाको समुद्घाटन गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले सुरुङ्गा बजारको झापा रोड अवस्थित सुब्बा मार्केटमा उक्त शाखा उद्घाटन गरेका थिए । मेयर पोखरेलले कनकाई नगरलाई व्यापारी, व्यवसायीहरुका लागि काम गर्न सहज र सजिलो ठाउँको रुपमा विकास गर्ने बताए ।

पोखरेलले नेपाललाई समृद्धि तर्प लैजान सबैले नेपाल सरकारले जस्तै आफ्नो ब्यक्तिगत बजेट बनाई आफ्नो सम्भाव्य खर्चहरुको उचित व्यवस्थापन गरी बचेको रकमलाई बैंकमा जम्मा गरी उत्पादनमुलक क्षेत्रमा लगानी गर्नको लागि आवश्यक पूँजीको निर्माण गर्न आग्रह गर्दै कनकाई नगरमा बैंकको आवश्कता महसुस गरेर सिभिल बैंकले आफ्नो शाखा स्थापना गरेकोमा खुुसी व्यक्त गरे ।

२०६७ मा स्थापित ‘क’ वर्गको उक्त बैंक ९ वर्षमा प्रवेश गरेको र हाल उक्त बैंकको चुक्ता पुँजी ८ अर्व २५ करोड रुपैया रहेको छ । हाल सो बैंकको मुलुकमा ७४ शाखा स्थापित भइसकेको छन् भने ७५ औ शाखाका रुपमा सुरुङ्गा शाखाको रुपमा रहेको शाखा प्रमुख प्रकाश गुरागाईले बताए । देशका विभिन्न ठाउँमा निकट भविष्यमा थप २६ शाखा स्थापित गर्ने योजना रहेको र झापामा पनि भद्रपुर र दुधे शाखा स्थापना गरिदैछ ।

त्यस पछि झापामा ६ वटा शाखा पुग्नेछन् । बैंकका मुलुकभरमा एटीएम ४७ वटा रहेका छन् भने शाखारहित बैकिङ सेवा पनि सञ्चालनमा छन् भने रेमिटेन्स सेवा १५ सय ठाउँबाट बढी रहेका छन् । हाल सिभिल बैंकमा कर्जा ४५ अर्ब ५० करोड रहेको छ । बैंकका ३ लाख ग्राहक रहेका छन् भने बचत ४४ अर्ब रुपैया रहेको छ । १ सय ४७ जनाबाट शुरु गरिएको बैंकमा हाल ७ सय ७० जना प्रबर्द्धक र ७० हजार शेयर सदस्य पुगेका छन् । ‘समृद्धिका लागि सिभिल बैंक’ नारा लिएको सो बैक नेपाल सरकारको नीति अनुरुप सञ्चालनमा रहेको छ ।

सो कार्यक्रममा बैंकका क्षेत्र नं १ काप्रदेश प्रमुख सन्तोषकुमार बुढाथोकीले सिभिल बैंकले सामाजिक उत्तरदायित्वको वहन सँगसँगै आफ्ना ग्राहकवर्ग तथा अन्य सम्पूर्ण सरोकारवालाहरुको हितलाई ध्यानमा राखी प्रविधिकेन्द्रित सेवा लगायत अन्य सम्पूर्ण सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने र आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्धि गर्दै जाने बताए ।

कार्यक्रममा उक्त बैंकका माइक्रो बैंकिङका प्रमुख युवराज गुरागाईले बाँझा खेतहरु हराभरा बनाउन खेतीमा यान्त्रिकीकरण गर्न बैंकले सहयोग गर्ने र आयआर्जनका लागि व्यवसायका योजनासहित आएमा बैंक ऋण लगानी गर्न तयार रहेको बताए । कनकाई नगर उपप्रमुख मञ्जु प्रसाई, कनकाई उद्योग वाणिज्य संघका महासचिव तुलसी बिमली, सामाजिक व्यक्तित्वहरु जनार्दन उप्रेती, इन्द्र रोक्का, गजेन्द्र ताम्ली लगायतको आतिथ्य रहेको कार्यक्रममा सुरुङ्गा क्षेत्रका राजनैतिक व्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 269

प्रतिक्रिया (०)

सम्बन्धित खबर