Aamsanchar

प्रधानमन्त्री ओलीले भने : तानाशाही बन्‍ने इच्छा रहेछ नभन्‍नू

Author Image
बिहिवार, जेठ २३, २०७६

काठमाडौं,

प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरुलाई देशको विकास र समृद्धिका लागि सक्रिय हुन आग्रह गरेका छन्। काठमाडौं महानगरपालिकाले गरेको ‘हाम्रो काठमाडौं हामी बनाउँछौँ’ कार्यक्रमको औपचारिक समारोहलाई सम्बोधन गदै युवाहरुलाई देश विकासमा पुरै समर्पित हुन आग्रह गरेका हुन्।

‘तपाईंहरुको जस्तो उमेर भएको भए म आफूलाई देश विकासमा पुरै समर्पित गरिदिन्थेँ’, कार्यक्रममा सहभागी युवाहरुलाई हौसला दिँदै ओलीले भने, ‘युवा उमेर भएको भए अहिले नेपलालई कस्तो कस्तो बनाउँथे भन्ने लाग्छ।’  ओलीले अहिले यदि आफ्नो युवा उमेर भएको देश जसरी पनि देश बनाउने जिकिर गरे।

‘उमेर भएको भए म देश बनाउँथे, तर ५० औँ वर्ष तानाशाही बन्ने इच्छा रहेछ भन्ने तपाईँहरुलाई नपरोस’, उनले भने, ‘तपाईँहरु पनि नयाँ काम र नयाँ प्रविधिमा अभ्यस्त हुनुस्। समयको ख्याल गर्नुस्।’ प्रम ओलीले युवाहरुलाई हौसला दिँदै समस्या समाधान गर्दै जानुपर्ने बताए।

‘समस्याहरु छन्, समाधान खोजौँ, हामीले नै काम गरेपछि देश बन्‍ने हो’, उनले भने, ‘बाहिरबाट कोही पनि आएर कुनै देश बनाउने होइन। विश्वको ठुलो या सानो देश अरुले बनाएको होइन। त्यहीँका मान्छेले बनाएका हुन्।’ ओलीले अहिलेको अवस्थामा को सरकारमा बस्छ, त्यो महत्त्वपूर्ण नभएको बताए ।

उनले कृषिप्रधान देश नेपालमा अब इजरायली प्रविधि भित्र्याउने पनि बताए।  ‘अब हामी इजरायलबाट कृषि प्रविधि ल्याउन खोज्दैछौँ। अस्ती बनेको देश हो इजरायल’, ओलीले भने, ‘त्यहाँबाट हामीले कृषि प्रविधि ल्याएर स्थापित गर्न खोज्दैछौँ। हाम्रो देशमा दुईतिहाइ जनसंख्या कृषिमा अल्झिराखेको छ। तर गतिलो उत्पादन छैन। अब हामी प्रविधि भित्र्याएर कृषिलाई गति दिन्छौँ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 92

प्रतिक्रिया (०)

सम्बन्धित खबर