Aamsanchar

‘मबाट आग्रह र पूर्वाग्रह हुँदैन’ ः मन्त्री बुढाथोकी

Author Image
शुक्रवार, भदौ १०, २०७३

kesab

काठमाडौँ ।

नवनियुक्त सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले कर्मचारीलाई आग्रह र पूर्वाग्रही नराखी ढुक्क भएर काम गर्न निर्देशन दिनुभएको छ ।

सिंहदरबारमा सामान्य प्रशासन मन्त्रालयको पदभार ग्रहण गरेपछि मन्त्री बुढाथोकीले निर्देशन दिँदै भन्नुभयो – “म कुनै आग्रह र पूर्वाग्रहमा सञ्चालिन हुने छैन । क्षमताका आधारमा काम गर्नुहोस् । मेरो साथ हुन्छ ।”

योग्य र क्षमता भए पनि पहुँच नपुगेर पछाडि परेका कर्मचारीलाई अगाडि बढ्न आग्रह गर्दै उहाँले पछि परेका कर्मचारीको मनोबल उठाउन आफूले प्रयास गर्ने बताउनुभयो ।

उहाँले क्षमताका आधारमा कर्मचारीलाई पुरस्कार र दण्डको व्यवस्था गरिनेसमेत जानकारी गराउनुभयो ।

“परिश्रमी कर्मचारीलाई पुरस्कार दिइनेछ । काम नगर्ने कर्मचारीलाई दण्डको पनि व्यवस्था हुन्छ” – उहाँले भन्नुभयो ।

मन्त्री बुढाथोकीले राजनीतिक र प्रशासनिक क्षेत्रले देश चलाउने बताउँदै दुवैको समन्वयमा मात्र मुलुकले अगाडि बढ्ने जानकारी गराउनुभयो ।

मन्त्री बुढाथोकी विसं २०७० मा भएको संविधानसभाको निर्वाचनमा झापा क्षेत्र नं ५ बाट प्रत्यक्ष प्रणालीमार्फत निर्वाचित हुनुभएको हो । विसं २०२४ मा विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा सुरु गर्नुभएका मन्त्री बुढाथोकीले नौ महिना जेलजीवनसमेत बिताउनुभएको छ ।

झापाको शनिश्चरे–२ मा विसं २००१ जन्मनुभएका मन्त्री बुढाथोकी पञ्चायती व्यवस्थाअन्तर्गतको अन्तिम मन्त्रिपरिषद्मा जलस्रोत सहायक मन्त्री हुनुभएको थियो ।

पदभार समारोहमा मन्त्रालयका सचिव टङ्कमणि शर्माले मन्त्रालयमा भइरहेका र आगामी कार्यहरुका बारेमा जानकारी गराउनुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 155

प्रतिक्रिया (०)

सम्बन्धित खबर