Aamsanchar

चिठी लेख्दैमा संविधान संशोधन हुँदैन

Author Image
शनिवार, भदौ १८, २०७३

नेपालगन्ज:

yogesh-bhattarai--UML-Leader-57af271440d9b1.12528862

नेकपा एमाले सचिव योगेश भट्टराईले कुनै विदेशी शक्तिको इशारामा संविधान संशोधन हुन नसक्ने बताएका छन्। संविधान संशोधन नेपालको आन्तरिक मामिला भएकाले नेपालका राजनीतिक दलको सहमतिमा मात्र हुने भन्दै उनले विदेशीको चासो र रुचीमा संशोधन नहुने बताएका हुन्।

प्रेस चोतारी बाँके शाखाले शनिबार नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा भट्टराईले भने,‘संविधान संशोधनका लागि विदेशको प्रधानमन्त्रीलाई चिठ्ठी लेखेर होइन, प्रमुख प्रतिपक्ष एमाले लगायतका दललाई सहमतिमा ल्याएर मात्र सम्भव छ।’

उनले सरकारले भारतीय प्रधानमन्त्रीलाई पठाएको चिठ्ठी संसदमा सार्वजनिक गर्न समेत माग गरे। संविधान संशोधन सजिलो नरहेको उल्लेख गर्दै उनले प्रदेश सभामा छलफलविना सीमांकनमा हेरफेर हुन नसक्ने तर्क गरे। चैत महिनाभित्र स्थानीय चुनाव गर्न असोजभित्र स्थानीय निकाय पुनर्संरचना आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्ने उनले माग गरे।

सरकारले चुनाव नगर्ने नियतका साथ आयोगको काम कारवाहीमा असहयोग गरेको समेत उनले आरोप लगाए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 177

प्रतिक्रिया (०)