Aamsanchar

यस्तो दबाब मलाई नदिनू: मन्त्री बुढाथोकी

Author Image
बुधवार, भदौ २२, २०७३

केशवकुमार बुढाथोकी,मन्त्री सामान्य प्रशासन

 

अहिले सामान्य प्रशासन मन्त्रालयले नयाँ नेतृत्व पाएको छ ।  स्पष्ट कुरा राख्ने हक्की स्वभावका बौद्धिक नेता केशवकुमार बुढाथोकीले यतिबेला सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।  विगतका मन्त्रीहरूले गरेका राम्रो कामलाई निरन्तरता दिनुपर्ने जिम्मेवारी मात्र उहाँसँग छैन, नयाँ सोच र योजनाका साथ अगाडि बढ्नुपर्ने चुनौती पनि उत्तिकै छ ।  मन्त्रालय सम्हालेको चार दिनमा उहाँले धेरै कुरा अनुभव गर्न नपाए पनि उहाँसँग प्रशासन सुधारका प्रष्ट खाका छन् ।  यसका लागि उहाँले रोडम्याप बनाउने प्रक्रिया सुरु गरिसक्नुभएको छ ।  कर्मचारीको कामकारबाहीबारे सर्वसाधारणको गुनासो सुन्ने संयन्त्र बनाउने सोच पनि उहाँले बनाउनुभएको छ ।  प्रशासनभित्रका विसङ्गति र यसमा गर्नुपर्ने सुधारलगायतका विषयमा केन्द्रित रही मन्त्री बुढाथोकीसँग गरिएको कुराकानीको सारसङ्क्षेप ।  keshav budhatoki

० यतिबेला निजामती कर्मचारीको नियमित रूपमा हुनुपर्ने सरुवा हुनसकेको छैन, यहाँले सरुवा प्रक्रियालाई व्यवस्थित गर्न के सोच बनाउनु भएको छ ?
– म मन्त्रालय आएको पनि तीन/चार दिन मात्र भएको छ ।  यस विषयमा हामीले छलफल गर्दछौँ ।  अहिले लोकसेवा आयोगले पनि सहमति नदिएको अवस्था छ ।  त्यसैले सचिव, कानुनका विज्ञ, पार्टीका नेतासँग परामर्श गरेर यस विषयलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर प्रधानमन्त्रीसँग पनि कुरा गर्दैछौँ ।   यसका लागि केही समय लाग्नेछ, आजको भोलि गर्न सकिन्न ।  कुरै नबुझी गर्ने कुरा पनि भएन ।  सरुवा गर्ने  विषयमा म तत्काल तयार छैन ।  अहिलेलाई सरुवाका कुरालाई अलि पर सारेर मलाई बुझ्न केही समय दिनुस् भनेको छु ।  युनियनका साथीहरूलाई पनि तपाईंले सिफारिस गरेकाको नाम राख्नुस् पछि हेर्छु भनेको छु ।  छ वर्षमा संविधान बन्दा त केही भएन भने भदौमै कर्मचारीको सरुवा नभए  के हुन्छ ।  यस्तो दबाब मलाई नदिन भनेको छु ।
० राजनीति र प्रशासन एक सिक्काका दुई पाटा भन्ने गरिन्छ तर नेपालमा यी दुवैपक्ष प्रायः एक अर्कोमाथि हाबी हुन खोजेको देखिन्छ ?
– म प्रशासनका साथीहरूको मन जितेर काम गर्नसक्छु भन्नेमा विश्वस्त छु ।  पहिलो कुरा मैले प्रशासन क्षेत्रमा रहेका कमजोरी बुझ्न सक्नुप¥यो ।  मेरो कार्यावधि छोटो अवधिको रहेकाले यस  अवधिमा मैले एउटा रोडम्याप बनाउँदैछु ।  कर्मचारीसँग कुरा राखेर, उनीहरूलाई सहमत गराएर छोटो रोडम्यापमा कसरी हातेमालो गरेर अघि बढ्न सकिन्छ भन्ने विषयमा दुई÷तीन चरणमा कुरा भइसकेको छ ।  टे«ड युनियन र अन्य तीन कर्मचारी सङ्गठनका साथीहरूसँग छलफल गरिसकेको छु ।  उहाँहरूको मागलाई कति सम्बोधन गर्न सकिन्छ त्यसमा म सकारात्मक छु ।  चाहिँदो र सक्ने कुरामा मैले सहयोग गर्छु, नसक्ने कुरालाई स्पष्ट रूपमा  सक्दिन भनेको छु ।  म सबैलाई मिलाएर लैजान सक्छु भन्नेमा विश्वस्त छु ।
० कस्तो किसिमको रोडम्याप तयार गर्नुभएको छ ?
– मसँग अवधि कम छ ।  निर्वाचनलाई तोकेर यो सरकार गठन भएको हो ।  नौ महिनाको अवधिमा हाम्रो रोडम्याप भनेको स्थानीय निर्वाचन हो ।  कर्मचारीतन्त्रलाई त्यहाँसम्म नपु¥याएसम्म हामी गन्तव्यमा पुग्न सक्दैनौँ ।  त्यहाँसम्म पुग्नका लागि गृहकार्य गरिसकेका छौँ ।  मभन्दा अगाडि पनि केही काम भएको छ र  म आइसकेपछि केही थप कुरा भएको छ ।  यहाँ प्रशासनिक सुधार आयोगहरू धेरै बनेका रहेछन् ।  त्यसका प्रतिवेदनहरू निकाल्न लगाएको छु ।  यसका लागि केही साथीलाई समेटेर थिन्क ट्याक बनाएका छौँ ।   उनीहरूलाई त्यो प्रतिवेदन दिनुका साथै मन्त्रालयको तर्फबाट गरिरहेको कार्य र उहाँहरूको गृहकार्यलाई सँगै राखी युनियनको पनि रायसुझाव लिएर एउटा पेपर तयार गर्ने क्रममा छु ।  त्यसलाई क्याबिनेटमा लैजान दुई महिना लाग्ला ।  त्यस क्रममा पार्टीका नेता, सङ्घीयताका विषयमा जानकार बुद्धिजीवी, पत्रकारबीच अन्तत्र्रिmया गरी एउटा ठोस प्रतिवेदन तयार गर्न लागेको छु ।  त्यो प्रतिवेदन क्याबिनेटमा लगेर सिङ्गो मुलुकको कर्मचारी प्रशासनलाई एउटा दिशानिर्देश दिनेतिर लागेको छु ।  मेरो प्राथमिकता पनि यही हो ।
० यसअघिका दुईजना मन्त्रीले लोकप्रिय कार्यक्रम गरेर चर्चामा आउनुभयो, यस्तो अवस्थामा कर्मचारी र जनताको मन जित्ने कार्यक्रम ल्याउने सोचमा हुनुहुन्छ ?
– मैले समग्रतामा कर्मचारीतन्त्रलाई एउटा पद्धतिमा  ढाल्न खोजिरहेको छु ।  अहिलेसम्म पद्धतिमा चलेको देखिँदैन ।  नेतापिच्छे फरक मत आइरहेको अवस्थामा छ ।  क्षणिक लोकप्रियताको काम गर्नु एउटा कुरा तर सिङ्गो प्रशासनलाई प्रभावकारी बनाउने महìवपूर्ण हो ।  मेरो ध्यान अव्यवस्थित रूपमा रहेका प्रशासनिक एकाइहरूलाई पद्धतिभित्र ढाल्नेतर्फ केन्द्रित  हुन्छ ।    हामी सङ्घीय संरचनामा जाने क्रममा रहँदा उहाँहरूलाई पनि  समावेश गर्न सक्यौँ भने हामीले देशका लागि केही राम्रो गर्न सक्छौँ ।  मैले क्षणिक लाभ र प्रोपोगान्डाका लागि काम गर्ने होइन ।  छोटो अवधिमा मैले केही सुधार गरेर देशका लागि केही दिन सक्नुपर्छ ।  नौ महिनाको अवधिमा दुई÷तीनवटा महìवपूर्ण काम गरेर बाहिरिने लक्ष्य हो ।
० सङ्घीयतामा कर्मचारी व्यवस्थापन गर्नु कत्तिको चुनौतिपूर्ण देख्नुहुन्छ ?
– कर्मचारी व्यवस्थापनमा चुनौति र अवसर दुवै छन् ।  सर्वप्रथम हामीहरू नीतिगत कुरामा पुग्न सक्यौँ भने त्यसै पनि चुनौतिलाई मुकाबिला गर्न सकिन्छ ।  हामीसँग कमजोरी होलान् तर प्रतिबद्ध भएर लागे व्यवस्थापन गर्न सकिन्छ ।  हामीसँग अहिले ८० हजारको कर्मचारी संरचना छ, यसैलाई तल्लो तहसम्म लैजानुपर्ने बाध्यता छ ।   व्यस्थापन गर्नु त्यति सजिलो नभए पनि प्रोत्साहन भत्ता वा अन्य केही सुविधा दिएर पनि कर्मचारीलाई तल्लो तहसम्म काममा लगाउनुपर्छ ।  यसबाहेक  भूकम्पपीडित हाम्रो प्राथमिकतामा पर्नुपर्छ ।  भूकम्पपीडितको राहतका लागि कर्मचारीको भूमिका अग्रणी हुन्छ ।  यसका लागि पनि हामीले तत्काल योजना बनाएका छौँ ।
० कर्मचारीतन्त्रलाई सेवामैत्री बनाउन के कस्तो सुधारको खाँचो देख्नुभएको छ ?
– तपाईंहरू सस्तो लोकप्रियतामा गयो भन्नुहोला तर म निकट भविष्यमा मन्त्रालयमार्फत टक प्रोग्रामहरू सुरु गर्न लागिरहेको छु ।  जनताको प्रशासनप्रति रहेका गुनासालाई सुन्ने संयन्त्र बनाउने मेरो योजना छ ।  जसरी प्रधानमन्त्रीले जनतासँग सीधा कुरा गरिरहनु भएको छ, त्यसैगरी सामान्य प्रशासन मन्त्रालयले पनि सर्वसाधारणसँग सीधै कुराकानी गर्ने कार्यक्रम बनाउने योजना बनाएको छ ।  कर्मचारीले गरेका कामको गुनासो र प्रशंसा सुन्ने काम हामीले चाँडै गर्दैछौँ ।   एउटा त्यस्तो कार्यक्रम जसले कर्मचारीलाई पनि सचेत बनाउन सक्छ र सर्वसाधारणको गुनासो पनि सम्बोधन हुन्छ ।  यस्ता कार्यक्रम हप्तामा एक वा दुईपटक गर्ने भन्ने योजना छ ।   अहिले निजामती सेवामा करिब ८० हजारभन्दा बढी कर्मचारी हुनुहुन्छ ।  यो मन्त्रालय प्रायः साना मसिना सरुवा, बढुवामा अल्झिरहन्छ र यसका लागि  दबाब पनि धेरै आउने गर्दछ ।  यति मात्र होइन आकर्षक कार्यालयमा जानका लागि पनि उत्तिकै दबाब आउँछ ।  यहाँ युनियनमार्फत आएर दबाब दिने चलन छ ।  मैले युनियनका साथीहरूलाई स्पष्ट रूपमा म भ्रष्टाचारविरुद्ध छु भनेको छु ।   तपाईंबाट सिफारिस भएका मान्छे भ्रष्टाचारमा संलग्न छन् भने म हेरेर बस्न सक्दिन भनेको छु ।  सिफारिस गर्नुसम्म ठिकै छ तर त्यहाँ केही हेंकीपेंकी भए म मान्नेवाला छैन ।  अन्यसँग सल्लाह लिने हो, निर्णय त आफैले गर्ने हो ।  मैले युनियनका साथीहरूलाई तपाईंले गरेको सिफारिस सबै हुन्छन् भन्ने कुरामा ढुक्क नहुनुहोस् भनेको छु ।   तार्किक रूपमा गरेको कुरालाई भने म सदैव स्वीकार्छु ।  अर्को कुरा म कसैको प्र्रेसरमा दब्ने मानिस होइन ।
०  देख्नुभएका चुनौतिहरू के के हुन् ?
– छोटो समय भएकाले चुनौति नै भनेर किटानी गर्न सकेको छैन, मन्त्रालयको कामकारबाही बृहत् छ ।  सिङ्गो प्रशासनको कुरा नबुझेसम्म चुनौतिका कारण बुझ्न सकिँदैन, यसका लागि केही समय चाहिन्छ नै तर यो मन्त्रालय सामान्यतया सरुवा, बढुवामा धेरै केन्द्रित भएको पाएँ ।  यसलाई यतिमा मात्र सीमित राखिनु हुँदैन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 153

प्रतिक्रिया (०)