Aamsanchar

नामिबिया फेरि पराजित ,नेपालले विश्वकप छनोट खेल्ने

Author Image
सोमवार, वैशाख ६, २०७३

CgUhHNcWsAAz-Zy

काठमाडौं– विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाले दोस्रो जित निकालेको छ । सोमबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा कप्तान पारस खड्काको सतकीय इनिङको मद्यतमा नेपालले नामिबियालाई ३  विकेटले हरायो ।

यसअघिका खेलहरुमा उत्कृष्ट प्रदर्शन गर्न नसकेको आरोप खेप्दै आएका पारसले आजको खेलमा भने सतकीय इनिङ खेले । उनले ८९ बलमा ७ छक्का र पाँच चौकाको सहयोगमा १०३ रन जोडेर आउट भए । यस्तै ज्ञानेन्द्र मल्लले २२ रन जोडे भने विनोद भण्डारीले १२ रन जोडे । अर्का ब्याट्सम्यान सरद भेषवाकरले पनि अर्धसतकीय इनिङ खेले । उनले १०५  बलको सामना गर्दै  ५ चौकासहित ७०  रन जोडे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै नेपालसामु २ सय ४० रनको लक्ष्य प्रस्तुत गर्यो । नामिबियाका लागि स्टेफलले ५१, पिकिया फ्रान्सले ४, जेन ग्रिनले ४७, गेरहार्ड इरासमुस ३, गेरी स्निम्यान शून्य, लोहन लोरेन्स १०, निकोलस ७ र जेपी कोत्जे ३२, जेजे स्मित १४ रन बनाएर आउट भए। सुरेल बर्गरले अविजित ४३ रन बनाए।
नेपालका लागि बसन्त रेग्मी, शक्ति गौचन र सन्दीप लामिछानले समान दुई विकेट लिए।

यसअघि शनिबार त्रिवि क्रिकेट मैदानमै भएको पहिलो खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै नामिबियालाई पाँच विकेटले पराजित गरेको थियो । दोस्रो जितसँगै सन् २०१८ मा बङ्गलादेशमा हुने विश्वकप क्रिकेट छनोटमा सहभागिता जनाउने नेपालको सम्भावना बलियो भएको छ ।
दुई जीतसँगै नेपालको अंक ४ भएको छ । त्यस्तै एक खेल खेलेको नामिबियाको एक अंक रहेको छ । प्रतियोगिताको पहिलो खेलमा हङकङलाई हराएपछि नामिबियाले जित निकाल्न सकेको छैन। हङकङसँगको दोस्रो खेल गुमाएको नामिबियाले नेपालसँग खेल्नुअघि केन्यासँगको दुवै खेलमा पराजय भोगेको थियो। नामिबियाले २००१ देखी डिभिजन वानमा रहेको टोली हो।

विश्व क्रिकेट लिग च्याम्पियनसिपमा सहभागी विभिन्न आठ टोलीमध्ये शीर्ष चार भित्रपर्ने टोलीले सन् २०१८ मा हुने विश्वकप छनोटका लागि प्रतिस्पर्धा गर्ने मौका पाउनेछन् ।

गत वर्ष खेलेका आफ्ना सबै चार खेलमा निराशजनक नतिजा ल्याएको नेपालले पहिलो चरणका दुबै खेलमा स्कटल्यान्ड र दोस्रो चरणमा पपुवा न्युगिनीसँग पराजय भोगेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 283

प्रतिक्रिया (०)

सम्बन्धित खबर