Aamsanchar

नसुध्रिने भो नेपालको राजनीति

Author Image
बिहिवार, वैशाख २३, २०७३

narendra dhakal copy

[नरेन्द्र ढकाल]

भूकम्प र नाकाबन्दीले उठ्नै नसकि रहेको बेला देशको विकास र पुर्न निर्माणमा जुट्नुपर्ने बेलामा दलहरुले सत्ता परिर्वतनको फोहोरी खेल सुरु गरेर पुन राजनीतिक दलहरु प्रति वितृष्णा फैल्याउने काम सुरु गरेका छन् ।

संविधान जारी भएपनि विदेशीको चलखेल प्रतयक्ष अनुभव गरिरहेका नेपालीले अब देशको अस्तित्व माथि नै प्रश्न चिन्ह खडाभएको विश्लेषण गर्न थालेका छन् । यो समयमा सबै दलहरु मिलेर देशको विकास र संविधान कार्यान्व्यन गर्न तर्फ अगाडी बढनुको सट्टा सत्ता परिर्वतनको खेलमा लागेकाले पुन मुलकले अस्थिरताको सामना गनुपर्ने देखिएको छ । यो जटिल अवस्थामा दलहरु प्रति आक्रोश बढ्दै गएको कुरा दलहरुले हेक्का राख्न सक्नुपर्छ ।
मुलुकको राजनीति एकाएक सरकार परिवर्तनको हल्लाले तात्नु राम्रो संकेत होइन् । होला वर्तमान सरकारले महंगी, भ्रष्टाचार, कालोबजारी, र भूकम्प पिडितको समस्या समाधानको विषयमा कछुवाको गतिमा काम गरेको छ । तर दलहरुले सरकारलाई काम गर्न झकझक्याउनु पर्ने वर्तमान सन्र्दभमा सरकार नै परिर्वतनको कुरा चल्नुले पुन विदेशीको चलखेल सुरु भएको मान्न सकिन्छ ।
भारतको इच्छा विपरीत संविधान जारी हुनु, भारतकै इच्छा विपरीत केपी ओली नेतृत्वमा सरकार बन्नु र ओली सरकाले चिनसंग पारवहन सम्झौता गर्नुले यो सरकारको आयु लामो थिएन भन्नेहरु प्रसस्त भेटिन्छन् । संयोग बस एकिकृत माओवादीले पनि बहाना खोजि रहेको सन्र्दभमा द्धन्द्धकालीन मुद्धाको छिनोफानो सुरु गर्नु सरकारको काम प्रभावकारी नहुनु राम्रो काइदा बन्न पुगेको छ ।
कांग्रेस भारतको इसारामा चल्दै देवाउले दिल्लीको निर्देशनमा दहाललाई कार्ड फ्यालेको जो कसैले पनि सहज रुपमा भन्न थालेका छन् । भारतले कांग्रेसलाई सत्तामा पुर्‍याएर एमाले सरकार ढाल्न अग्रसर गराएको राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ । यो भन्नु यो अर्थमा स्वभाविकै मानिन्छ– सिगारी पनि हराउनु चितुवा पनि कराउनु एकै साथ भएको छ । देउवा दिल्ली पनि पुगेर आउनु त्यस लगत्तै कांग्रेसले सरकार परिर्वतनको कुरा निकाल्नु साथै एमाओवादी पनि काग्रेससंग मिलेर सरकार बनाउन अग्रसर हुनुले पनि कतै भारतकै डिजाइनमा नेपालमा सरकार परिर्वत त हुदैछैन भन्नेहरुलाई बल पुगेको छ ।
भारत विरुद्ध खरो रुपमा उत्रिएका ओली र मधेसीहरुको हठलाई कुनै पनि हालतमा स्वीकार नगरेर आफ्नो अडानमा स्पष्ट रहेका ओली भारतको आाखाको कसिङ्गर हुनु स्वभाविकै हो । तर अन्यदलहरुले जसरी संविधान जारी गर्दा राष्ट्रियताको पक्षमा एक मत देखाएका थिए । अब पुन विकास र संविधान कार्यान्व्यनको पक्षमा एक मत देखाउन सक्नुपर्छ । होइन भने नेताहरु प्रति घृणा जाग्नुलाई समय सान्र्दभिक नै मान्न सकिन्छ ।
नेपाल जब सम्म संसदीय प्रणालीबाट माथि उठन सक्दैन तब सम्म कुनै पनि सरकारले राम्रोसंग काम गर्न पाउदैन कारण हो भारत नेपालको विकास र स्थिरता चांहादैन् । सरकार परिवर्तनको फोहोरी खेलमा राष्ट्रियता जस्तो पवित्र कुरालाई बली दिने काम अत्यन्त घृणीत र दु:खद् हो ।

नेपालमा राजनीतिक दलहरुले नेता के लाई भन्ने विषय बुझ्न नसक्दा आज विदेशीको प्रयोगशाला बनीरहदा समेत देशका प्रबुद्ध ब्यक्तिहरु टुलुटुलु हेरिरहेका छन् । अब यस्तो चालाले देशको अस्तित्व नै खतरामा पर्ने सम्भावना बन्दै गएको राजनीतिक विश्लेषकहरुको भनाई छ । कतै नेपाललाई सिक्किमीकरण तर्फ धकेल्ने काम त भइरहेको छैन् ।
यो विषयमा सचेत वर्गहरु जागरुक हुन आवश्यक छ । सत्ता र सरकार परिर्वतन गर्दैमा कुनै पनि कायापलट हुदैन भन्ने स्पष्ट छ । एमाले, कांग्रेस, एमाओवादी, लगायत जुन सुकै पार्टी वा ब्यक्तिले सरकार चलाए पनि फरक पदैन जनतालाई केलब शान्ति, विकास र समृद्धि चाहिएको छ । जनता बेरोजगार भएर रोजगार मागिरहेका छन् तिम्रो ध्यान रोजगार खुलाउने तर्फ लगाउन कुर्सीमा बस्ने होइन अनि पो तिमीहरु सच्चा र देशभक्त नेता हुने छौं । विपि कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मदन भण्डारी जस्ता दुरदर्शी र जनताको नेता तिमीहरु बन्न सक्छौं आज करोडौं कमाएर ऐसआराम त गछौं होला तर तिमीहरुलाई इतिहासले कलङक भन्यो भने तिम्रो सन्ततीले के भन्ला तिमीलाई ?

(लेखक–एफ.एम मेची ट्युन्स ९६.८ मेर्गाहका समाचार सम्पादक हुन् ।)

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 385

प्रतिक्रिया (०)

सम्बन्धित खबर