Aamsanchar

विश्वका १४३ देशमा नेपालको कूटनीतिक सम्बन्ध

Author Image
शुक्रवार, वैशाख ३१, २०७३

काठमाडौँ, ३१ वैशाख । नेपाल र पश्चिम अफ्रिकी मुलुक गुएनाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । गुएनासँगको दौत्य सम्बन्ध स्थापनासँगै नेपालको कूटनीतिक सम्बन्ध विश्वका एकसय ४३ देशमा विस्तार भएको छ ।

संयुक्त राष्ट्रसङ्घका लागि नेपाल र गुएनाका स्थायी प्रतिनिधि एवम् राजदूतद्वय दुर्गाप्रसाद भट्टराई र मामादी टौरेले आज न्युयोर्कस्थित स्थायी नेपाली नियोगमा आयोजित विशेष समारोहमा द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

सम्झौतापत्रमा हस्ताक्षर गरेपछि दुवै मुलुकका राजदूतले कूटनीतिक सम्बन्ध स्थापनासँगै नेपाल र गुएनाबीच पारस्परिक सम्बन्ध अझ सुदृढ हुने तथा आपसी हित र चासोका विषयमा सहकार्य गर्न सहज हुने बताउनुभएको न्युयोर्कस्थित स्थायी नेपाली नियोगले जनाएको छ ।

दुवै मुलुकबीच स्थापना भएको दौत्य सम्बन्ध स्थापनाले नेपाल र गुएनाले संयुक्त राष्ट्रसङ्घ, अन्य क्षेत्रीय तथा बहुपक्षीय विश्व मञ्चमा अन्तर्राष्ट्रिय शान्ति, सुरक्षा र विकास प्रवद्र्धनमा परस्पर सहयोग गर्ने छन् ।
नेपाल र गुएनाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको जानकारी दुवै मुलुकका राजदूतले संयुक्त राष्ट्रसङ्घका महासचिव बानकी मुनलाई गराउनुभएको उक्त नियोगले जनाएको छ ।

एक करोड १७ लाख ८० हजार १६२ जनसङ्ख्या रहेको गुएनाको अर्थतन्त्र कृषि र खनिज पदार्थ उत्पादनमा निर्भर छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 430

प्रतिक्रिया (०)

सम्बन्धित खबर