Aamsanchar

युवा उद्यमीले सडक बत्ती जडान गरे

Author Image
बुधवार, जेठ १२, २०७३

पथरी।

light-300x150

मोरङको राजघाटस्थित दुर्गापुरी बजारका युवा उद्यमीले सडक बत्ती जडान गरेका छन् । सडक बत्ती जडान अभियान सुरु भएपछि दुर्गापुरी बजार झलमल्ल उज्यालो भएको छ ।

बजारको दुई किलोमिटर क्षेत्रमा सोलार बत्ती राख्ने अभियानमा वैदेशिक रोजगारमा गएका युवाले सहयोग गरेको स्थानीयवासी तेजन खड्काको भनाइ छ ।

बजारको एक किलोमिटर क्षेत्रमा सोलार जडान गर्ने काम सम्पन्न भएको अभियानका अध्यक्ष हेमराज गुरुङले बताउनुभयो । थप एक किलोमिटरमा समेत सोलार बत्ती जडान गर्ने तयारी भइरहेको बताइएको छ ।

राजघाटको दुर्गापुरीबाट वैदेशिक रोजगारीका लागि हङकङ जानुभएका रुक्मान नाल्वाले ५५ हजार ५५५ रुपैयाँ सहयोग गर्नुभएको थियो । बजारमा सडक बत्ती राखेपछि दुव्र्यसनीको गढ भत्किएको राजघाट प्रहरी चौकीले जनाएको छ ।

सो प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक प्रेमकुमार जिमीका अनुसार राति धेरै समयसम्म विद्युत्भार कटौती हुँदा अपराधी पक्राउ गर्नसमेत समस्या भएको थियो । सोलार जडानपछि राजघाटको सुरक्षामा हुने एउटा चुनौती समाप्त भएको जिमीको भनाइ छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 185

प्रतिक्रिया (०)

सम्बन्धित खबर