Aamsanchar

ढुंगा प्रहार गरेर तामाङको हत्या

Author Image
बुधवार, जेठ १२, २०७३

धनकुटा ।

1438164746_demo-pic-21
कोशी पहाडी धनकुटाको तांखुवामा एक ब्याक्तिको हत्या भएको छ ।

उदयपुर गाईघाट नगरपालिका–११ का पासाङ दोर्जे सेर्पाले धनकुटा तांखुवा–९ का ४२ बर्षिय पुर्ण बहादुर तामाङको हत्या गरेको प्रहरीले जनाएको छ ।

धनकुटाका प्रहरी नायव निरिक्षक दिनेश अधिकारीका अनुसार गाडीमा खलासी काम गर्दै आएका सेर्पाले सामान्य बिवादका क्रममा कुटपीट गरी ढुंगा प्रहार गरेर तामाङको हत्या गरेका हुन ।

माधक पदार्थ सेवनका कारण उनिहरु वीच बिवाद भएको बुझिएको छ । टाउकोमा ढुंगाले लागेर गंभिर घाईते भएका तामाङको उपचारका लागि धनकुटा जिल्ला अस्पताल ल्याउँदै गर्दा वाटैमा मृत्यु भएको हो ।

मृतकको सवलाई पोष्टमार्टमका लागि धनकुटा जिल्ला अस्पतालमा राखिएको छ । हत्याको आरोपमा सेर्पालाई नियन्त्रणमा लिएर घटनाको बिषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 111

प्रतिक्रिया (०)

सम्बन्धित खबर