Aamsanchar

पत्रकारको न्युनतम पारिश्रमिक अव्यवहारीक

Author Image
बिहिवार, जेठ १३, २०७३

झापा

media-society

झापाको विर्तामोडमा आयोजीत एक कार्यत्रक्रमका वक्ताहरुले सरकारले निर्धारण गरेको पत्रकार हरुको न्युनतम पारिश्रमिक अव्यवहारीक भएको धारणा राखेका छन् । मिडिया नेपाल झापाले विर्तामोडमा आयोजना गरेकोे पत्रकारको न्युनतम पारीश्रमिक कार्यान्यन र चुनौती विषयक अन्तरक्रियामा सहभागी वक्ताहरुले सरकारले हचुवाको भरमा पत्रकारको न्युनतम पारीश्रमिक निर्धारण गरेको आरोप लगाएका हुन् । मिडियालाई सेवा सुविधा दिन सरकार चुकेको आरोप लगाउदै कार्यक्रममा संचार उद्यमी, मिडिया संचालक तथा पत्रकारहरुले सरकारको घोषणा निरर्थक रहेको प्रतिक्रिया दिएका छन् । कार्यक्रममा वोल्दै नेपाल पत्रकार महासंघका सस्थापक महासचिव एवं कंचन्जंघा एफ.एमका प्रवन्ध निनर्देशक चन्द्र भण्डारीले सरकारको घोषण व्यवहारीक नभएको भन्दै आफु त्यसको पक्षमा नरहेको वताउनुभयो । वोर्डकास्टिङ्ग एशोसिएसन अफ नेपाल बानका केन्द्रिय उपाध्यक्ष एवं रेडियो सनराईजका अध्यक्ष कुमार भट्टराईले सरकारले एकलौटी ढंगले पत्रकारको न्युनतम पारिश्रमीक निर्धारण गरेको वताउदै कार्यान्यनको सवालमा अनेकौ चुनौती रहेको धारणा राख्नुभयो । नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष चिन्तामणी दाहालले अस्वस्थ प्रतिस्पर्धाले मोफोसलमा संचार गृह संचालन गर्न चुनौती रहेकाले सरकारले प्रत्यक्ष सहयोग नगरेसम्म न्युनतम परिश्रमीक कार्यान्वयन गर्न नसकिने वताउनुभयो नेपाल प्रेस युनीयन झापाका अध्यक्ष कृष्ण हुमागाईले सरकारले घोषणा गरेको पत्रकारको न्युनतम पारीश्रमीक स्वागतयोग्य भएपनी कार्यान्वयनमा धेरै चुनौती रहेको वताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका कोषध्यक्ष प्रेम आचार्य , प्रेस चौतारीका केन्द्रीय सदस्य अम्विका भण्डारी , फनिजका केन्द्रिय सदस्य ईन्द्रजित मुखिया, आरम्भ एफएमका अध्यक्ष दिपेन्द्र पोख्रल, विराट एफ एमकी प्रवन्ध निर्देशक लिला अनमोल, प्रतिदिन दैनिकका सम्पादक राजेन्द्र गौतम, विविसिका झापा संवाददाता उमाकान्त खनाल,लगायतले वोल्नुभएको थियो । कार्यक्रममा उहाहरुलेसर्वप्रथम सरकारी मिडियामा पत्रकारहरुको न्युनतम परिश्रमिक कार्यान्वन गरेर देखाउन सरकारसंग माग गर्नुभएको थियो । सरकारले केही समय अघि पत्रकारहरुको न्युनतम परिश्रमिक १९ हजार ५ सय निर्धारण गर्दे कार्यान्यनका लागि आग्रह गरेको थियो । मिडिया नेपाल झापाका अध्यक्ष रन्जित प्रसाईको अध्यक्षतामा आयोजी कार्यक्रममा औचीत्यमाथी प्रकाश मिडिया नेपालका केन्द्रिय उपाध्यक्ष ईन्द्रसिंह राजवंशी र संचालन विजय वरालले गर्नुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 257

प्रतिक्रिया (०)