Aamsanchar

दुर्घटनामा एकको मृत्यु

Author Image
बिहिवार, जेठ १३, २०७३

 

विर्तामोड ।d

पूर्वपश्चिम राजमार्ग अन्र्तगत झापाको दमकमा आज बिहान भएको सवारी दुर्घटनामा एक ब्यक्तिको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे ७ प ४७०८ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउदै गरेको को १ च १५०४ नम्बरको मारुती भ्यानले दमक–१३ स्थित ताराबारी ढाटमा ठक्कर दिदाँ मोटरसाइकलमा सवार मोरङको शनिश्चरे–७ निवासी २४वर्षीय सुमन विमलीको मृत्यु भएइको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
भ्यानको ठक्करबाट गम्भिर घाइते भएका विमलीको दमक स्थित लाईफलान अस्पतालमा उपचारको क्रममा आज बिहान ९ बजे मृत्यु भएको बताइएको छ । ठक्कर दिने सवारी र चालकलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 164

प्रतिक्रिया (०)

सम्बन्धित खबर