Aamsanchar

युनियनको रजत महोत्सवमा ल्यापटप र प्रिन्टर प्रदान

Author Image
बिहिवार, जेठ १३, २०७३

सुरुङ्गा ।

78674

सांसद सुधिरकुमार शिवाकोटीले नेपाल प्रेस युनियन झापालाई एक थान ल्यापटप र एक थान कलर प्रिन्टर प्रदान गर्नु भएको छ ।
नेपाल प्रेस युनियनको रजत महोत्व तथा वार्षिक साधारण सभाको अवसर पारेर सांसद शिवाकोटीले आज उक्त सामाग्री प्रदान गर्नुभएको हो । बिर्तामोडस्थित सिके चिन्तन प्रतिष्ठानमा आयोजित राजत महोत्सवमा सांसद शिवाकोटीले प्रदान गरेको ल्यापटप र कलर प्रिन्टर नेपाली काँग्रेस झापाका सभापति उद्धव थापा र नेपाल पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारीले संयुक्त रुपमा युनियनका अध्यक्ष कृष्ण हुमागाई प्रदान गर्नुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मदन भूजेल, नेपाल प्रेस युनियनका पूर्व सचिव चिन्तामणि दाहाल, नेपाल प्रेस युनियनका मेची अञ्चल संयोजक गोविन्दचन्द क्षेत्री, केन्दीय पार्षद राजेन्द्र गौतम, नेपाल पत्रकार महासंघका पूर्व पूर्वाञ्चल संयोजक मोहनकाजी न्यौपाने, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य अम्विका भण्डारी, जिल्ला अध्यक्ष मुक्ति पौडेल, क्रान्तिकारी पत्रकार संघ झापाका अध्यक्ष टीकाराम उप्रती लगायतले बोल्नुभएको थियो ।
नेपाल प्रेस युनियन झापाका केन्द्रीय पार्षद लोकराज ढकलले स्वागत गरेको कार्यक्रमको सञ्चालन सह सचिव गिरीराजमणि भट्टराईले गर्नुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 194

प्रतिक्रिया (०)

सम्बन्धित खबर