Aamsanchar

पोखरिया मोरङकै पहिलो बालविवाहमुक्त गाविस

Author Image
शुक्रवार, जेठ १४, २०७३

मोरङ।

download

मोरङ्ग पोखरिया गाविस जिल्लाकै पहिलो बालविवाहमुक्त गाविस घोषणा भएको छ । जिल्ला विकास समिति, प्लान इन्टरनेसनल नेपाल र फरेन जस्ता संस्थाका पदाधिकारीहरुले हिजो दिउँसो संयुक्तरुपमा कार्यक्रमको आयोजना गरी बालविवाहमुक्त गाविस घोषणा गर्नुभएको हो ।

कार्यक्रममा जिविस मोरङ्गका सामाजिक विकास शाखा अधिकृत सरोज गौतम, प्लान नेपालकी कार्यक्रम संयोजक रुपा उदास र फरेनका अध्यक्ष चुडामणी आचार्यले संयुक्तरुपमा बालविवाहमुक्त गाविस घोषणा गर्नुभएको हो । ६ सय ६६ घरधुरी र ३५ हजार ८५ जनसंख्या भएको गाविसमा विगत ६ वर्ष अगाडि बालविवाह उल्लेख्यमात्रामा हुने तथ्य समेत सार्वजनिक गरिएको थियो ।

६ वर्षको प्रयास पछि गाविसलाई बालविवाहमुक्त बनाउन सफल भएको जिल्ला विकास समीती मोरङ्गका सामाजिक विकास अधिकृत सरोज गौतमले जानकारी दिनुभयो । उहाँले भन्नु भयो,‘धेरै ठुलो मेहनतपछि सफल भएका छौँ ।’

कार्यक्रममा पूर्व सभासद आशाकुमारी सरदार, महिला तथा बालविकासकी रमा भण्डारी, फरेनका उपाध्यक्ष यज्ञ शर्मा, कार्यक्रम निर्देशक खिलनाथ निरौला, वाल संरक्षण समितिका रामधानी मण्डल, स्थानिय सुयानन्द मण्डल, सिद्धानन्द सरदार लगायतका बक्ताहरुले ‘बालविवाहलाई नाँई भनौँ’ अभियान अझै शसक्त वनाउदै लानुपर्ने वताउनु भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 181

प्रतिक्रिया (०)

सम्बन्धित खबर