Aamsanchar

भिरबाट लडेर वृद्धको मृत्यु, शव भिरमै

Author Image
शुक्रवार, जेठ १४, २०७३

ताप्लेजुङ।

images

ताप्लेजुङको निघुरादिनमा भिरबाट लडेर एक वृद्धको ज्यान गएको छ । बुधबार बेलुका नजिकै रहेका आफ्ना दाजुलाई भेट गरी घर फर्कने क्रममा निघुरादिन–४ का अन्दाजी ८५ वर्षीय सन्तबहादुर गुरुङको भिरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

सो गाविसको खानीडाँडा भन्ने भिरबाट लडेर मृत्यु भएका गुरुङको शव बिहीबार बिहान मात्रै परिवारले फेला पारेका थिए । भिरबाट करिब एक सय मिटरमुनि शव भेटिएको र शव अप्ठ्यारो ठाउँमा भएकाले बिहीबार पुगेको प्रहरीको टोलीले निकाल्न नसकेको बताइएको छ ।

खबर पाएपछि बिहीबार साँझ प्रहरी पुगेपनि साँझ अँध्यारो भएको र भिर अप्ठ्यारो भएकाले शव निकाल्न समस्या भएको जनाइएको छ । उक्त शव अहिले बिहान मात्रै निकालिने र आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव परिवारलाई जिम्मा लगाउने तयारी भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 179

प्रतिक्रिया (०)

सम्बन्धित खबर