Aamsanchar

दमक आसपासका क्षेत्रमा विद्युत् अवरुद्ध

Author Image
शनिवार, जेठ १५, २०७३

दमक।

indexbb

हावाहुरीका कारण दमक आसपासका क्षेत्रमा विद्युत् अवरुद्ध भएको छ । हावाहुरीले गर्दा नेपाल विद्युत् प्राधिकरण वितरण शाखाका १० वटा विद्युत् पोल भाँचिएका छन् । लखनपुर–३ स्थित पाडाँजुगी–गौरीगञ्ज सडकखण्डमा पनि छ वटा विद्युत् पोल भाँचिएका छन् ।

हावाहुरीका कारण नजिकै रहेको रुख भाँचिएर विद्युत् लाइनमाथि बज्रिदा ती पोल भाँचिन पुगेको विद्युत् प्राधिकरण दमक वितरण केन्द्र प्रमुख सुरेन्द्र शाहले जानकारी दिनुभयो ।

पोल भाँचिएपछि करिब रु ६० हजार बराबरको क्षति भएसँगै सो क्षेत्रको विद्युत् सेवासमेत अवरुद्ध भएको छ । क्षति पुगेका स्थानमा आजसम्म पुनःनिर्माण सम्पन्न गर्ने तयारी गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 167

प्रतिक्रिया (०)

सम्बन्धित खबर