Aamsanchar

पत्रकार काफ्लेलाई मातृ शोक

Author Image
आइतवार, जेठ १६, २०७३

झापा

13335590_1066028790154372_204278530268495616_n

झापाका पत्रकार गोपाल काफ्लेलाई मातृ शोक परेको छ । काफ्लेकी आमा भगिरथा काफ्लेको आइतबार  विहान ५ बजे ७० बर्षको उमेरमा बाहुनडाँगी–५ निरगञ्जमा निधन भएको हो ।
केही दिन अघि स्वाशप्रश्वाशमा समस्या देखिए पछि उपचारका लागि धुलाबारी, बिर्तामोडमा बी एण्ड सी हुँदै धरानको बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको परिवार स्रोतले जनाएको छ । डाक्टरले स’रुमा फोक्सोको समान्य समास्या हुन सक्ने अनुमान गरे पनि परिक्षण पश्चात ब्लड क्यानसर भएको हुनसक्ने बताएका थिए ।
शुक्रवारमात्र वीपीकोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानबाट घर ल्याएर उपचारका लागि भरतपुर लैजाने क्रममा आइतबार उनको निधन भएको हो । मृतक भगिरथाकी चार छोरा, बुहारी, तीन छोरी ज्वाई रहेका छन् । उनको दाहसंस्कार हिन्दु परम्परा अनुसार आइतबार नै स्थानिय सुके निन्दा खोलाकामा गरिएको परिवारले जनाएको छ ।

काफ्ले साझामञ्च मिडिया प्रालिद्धारा प्रकाशित साझामञ्च डट कम न्युज पोर्टल र साझामञ्च मासिक पत्रिकाका सम्पादक हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 12

प्रतिक्रिया (०)

सम्बन्धित खबर