Aamsanchar

टिपरको ठक्करबाट एकको मृत्यु

Author Image
सोमवार, जेठ १७, २०७३

उर्लाबारी ।

ae07325e1416d5a57b05f1116b642d38_L

 

मोरङको उर्लाबारी–४ स्थित पूर्वपश्चिम राजमार्गमा टिपरको ठक्करबाट आज बिहान एक ठेला चालकको मृत्यु भएको छ ।

गए राति १०ः३० बजे पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे१ख २२०० नम्बरको टिपरको ठक्करबाट गम्भीर घाइते भएका उर्लाबारी– ३ का ४० वर्षीय ठेला चालक कृष्ण मण्डलको उपचारका क्रममा आज बिहान २ः३० बजे मृत्यु भएको हो ।

मण्डलको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजकुमार राईले जानकारी दिनुभयो ।

ठक्कर दिने टिपर र त्यसका चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 178

प्रतिक्रिया (०)

सम्बन्धित खबर