Aamsanchar

च्याउ खाएर तीन सिकिस्त 

Author Image
सोमवार, जेठ १७, २०७३

chyau

 

पाँचथर ।

पाँचथरको याङ्नाम–२ मा जङ्गली विषालु च्याउ खाएर आज बिहान एकै परिवारका तीनजना सिकिस्त बिरामी भएका छन् ।

आइतबार च्याउ खाएर बिरामी भएकाहरुमा याङ्नाम–२ का ५१ वर्षीय टीकाराम मगर उनका दुई छोरा २० वर्षीय गणेश र १८ वर्षीय रमेश रहेका छन् ।

जिल्ला अस्पताल पाँचथरमा उनीहरुको उपचार सम्भव नभएपछि थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानतर्फ लगिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 65

प्रतिक्रिया (०)