Aamsanchar

झापा ३ मा राप्रपा नेपालको नेतृत्व चयन

Author Image
बुधवार, जेठ १९, २०७३

भद्रपुर ।

राप्रपा नेपाल झापा क्षेत्र नम्वर ३ को अधिवेशन पून देवेन्द्र कन्दङ्गवाको अध्यक्षतामा १७ सदस्यीय नया कार्य समिती चयन गर्दै भद्रपुरमा सम्पन्न भएको छ ।
समितीको वरिष्ठ उपाध्यक्षमा अन्जरा आलम, सचिव रवि ओझा र सदस्यहरुमा लिला घिमीरे, डम्वर वर्मा, तुलसा आचार्य, भिम श्रेष्ठ लगायत रहनुभएको छ ।
कार्यक्रमका प्रमुख अतिथी एवं राप्रपा नेपालका महामन्त्री राजेन्द लिङ्गदेनले उद्द्धाटन गर्नुभएको कार्यक्रममा १३ जनालाई कदर पत्र सहित सम्ममान गरीएको थियो । यसरी सम्मानीत हुनेहरुमा मान वहादुर धमला, पूर्णवहादुर मगर, डम्वर वर्मा, देवु घिमीरे, भुपाल घिमीरे लगायत रहनुभएको छ ।
सो अवसरमा विभिन्न पार्टी परित्याग गरी राप्रपा नेपाल प्रवेश गरेका एक सय पचाास वढी लाई प्रमुख अतिथी लिङ्गदेनले स्वागत गर्नु भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 192

प्रतिक्रिया (०)

सम्बन्धित खबर