Aamsanchar

लेदो व्यवस्थापन सम्बन्धी गोष्ठी सम्पन्न

Author Image
सोमवार, जेठ २४, २०७३

चारआली  ।

images

दिसाजन्य लेदो व्यवस्थापन सम्बन्धी १ दिने कार्यशाला गोष्ठी झापाको चारआलीमा सोमबार सम्पन्न भएको  छ ।
साना शहरी खानेपानी तथा सरसफाई आयोजना काठमाण्डौं र चारआली साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यशालामा दुहागढी र धाइजन क्षेत्रका राजनीतिक दल, उपभोक्ता र जिल्ला कृषि कार्यालयका प्रतिनिधीहरु गरी ५० जनाको सहभागीता रहेको थियो ।

कार्यक्रममा मिङ्मा शेर्पा, संजय अधिकारी र आलोक पौडेलले प्रारम्भिक डिजाईन प्रतिवेदन, संस्थागत संरचना र नीतिगत व्यवस्थापनका बारेमा सहजिकरण गरेका थिए ।

कार्यक्रममा दुहागढी गाविस सचिव कविन्द्र विक्रम नेम्वाङ्ग, डिभिजन खानेपानी कार्यालय झापाका प्रमुख चोक प्रसाद धिताल, क्षेत्रीय अयोजना व्यवस्थापन कार्यालय इटहरीका प्रमुख चन्देश्वर प्रसाद शाह, खानेपानी विभागका उपनिर्देशक केशवराज बिष्ट लगायतले मन्तव्य राखेका थिए ।

संस्थाका अध्यक्ष लाल बहादुर थेवेको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन आयोजक संस्थाका सचिव मधुसुदन निरौलाले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 174

प्रतिक्रिया (०)

सम्बन्धित खबर