Aamsanchar

युरोकपमा आजराती तीन खेल हुदैं

Author Image
आइतवार, जेठ ३०, २०७३

झापा ।

48312749d179ebd7de7fe58a23f4c48c

 युरोकप अन्र्तगत आइबार तीन खेल हुँदैछन् । समूह डी को १ र समूह सीको  २ खेल गरी तीन खेल हुन लागेका हुन् । समूह डीका टर्की र क्रोएसिया तथा समूह सीका जर्मनी र युक्रेन तथा पोल्याण्ड र नर्थन आयरल्याण्डले खेल्ने छन् ।
टर्की भर्सेस क्रोएसिया

आइतबारको पहिलो खेल समूह डीको टर्की र क्रोएसियाले खेल्नेछन् । पेरिसस्थित पार्क डेस प्रिंसेस रंगशालामा आइतबार राति पौने ७ बजे यी दुई टिम खेल हुँदैछ ।

टर्कीले चौथो पल्ट युरोकप खेल्दैछ । समूह चरणको उत्कृष्ट तेश्रो टिमका रुपमा युरोकपमा छनौट भएको टर्की सन् २००८ मा सेमिफाइनलमा पुगेको थियो । सन् १९९६ मा पहिलो पल्ट युरोकप खेलेको टर्की फिफा वरियतामा अहिले १८ औं स्थानमा छ । क्रोएशिया पाँचौ पल्ट युरोकप खेलदैछ ।

सन् १९९६ मा पहिलो पल्ट सहभागिता जनाएको थियो । युरोकपमा क्वाटरफाइनलमा भन्दा अगाडि क्रोएशिया पुग्न सकेको छैन । इटाली विजेता बनेका समूहबाट उपविजेता बन्दै युरोकपमा छानिएको क्रोएशिया अहिले फिफा वरियताको २७ औं स्थानमा छ । यसअघि चार पटक यी दुई देशबिच खेल भएको छ । जसमा १ खेल टर्कीले जितेको थियो ।  २ खेल क्रोएसियाले जितेको थियो भने १ खेल बराबरीमा रोकिएको थियो ।
पोल्याण्ड भर्सेस नर्थन आयरल्याण्ड

समूह सीमा रहेका पोल्याण्ड र नर्थन आयरल्याण्डबिचको खेल राति पौन १० बजे हुने छ ।

फिफा वरियताको २५ औं स्थानमा रहेको नर्थन आयरल्याण्ड पहिलो पल्ट युरोकपमा छनौट भएको हो । रोमायिना, हंगेरी र ग्रिसजस्ता फुटबल हस्तीलाई पछि पार्दै नर्थन आयरल्याण्ड समूह विजेता बनेर युरोकपमा छनौट भएको हो । छनौट चरणमा खेलेका १० मध्ये ६ खेल जितेको नर्थन आयरल्याण्डले १ खेल मात्र हारेको छ । युक्रेनसँग मिलेर आयोजना गरेको २०१२ को युरोकप खेल्नुअघि सन् २००८ मा पनि युरोकप खेलेको पोल्याण्डको यो तेश्रो सहभागिता हो । तर दुवै पटक पोल्याण्ड समूह चरणबाट अघि बढ्न सकेको छैन । फिफा वरियतामा पोल्याण्ड अहिले २७ औं स्थानमा छ ।यसअघि यी दुई देशको भेट ७ पटक भएको छ । जसमा पोल्याण्डले २ खेल जितेको छ । ३ खेल नर्थन आयरल्याण्डले जितेको छ भने २ खेल बराबरीमा रोकिएका थिए ।
जर्मनी भर्सेस युक्रेन

१२ औं पटक युरोकप खेल्न लागेको जर्मनी ३ पटकको विजेता हो । जर्मनीले सन् १९७२, १९८० र १९९६ मा युरोकपको उपाधि जितेको थियो । एकीकरणपछि जर्मनीले एकपटक मात्र सन् १९९६ मा ट्रफी उचाल्यो । एकीकरण हुनुअघि सन् १९८६ मा आफैंले आयोजना गरेको युरोकपमा भने पश्चिम जर्मनी सेमिफाइनलमा नेदरल्याण्ड्ससित पराजित भएको थियो ।

जर्मनी फिफा बरियतामा ४ औं स्थानमा छ । स्लोभानियालाई प्लेअफमा समग्रमा ३–१ ले हराउँदै युरोकपमा छनोट भएको युक्रेनको यो दोश्रो युरोकप हो । यसअघि पोल्याण्डसँग मिलेर युरोकप आयोजना गरेको उसले सन् २०१२ मा आयोजकको नाताले युरोकप खेलेको थियो ।

तर त्यतिबेला युक्रेन समूह चरणबाट अघि बड्न सकेन । युक्रेन फिफा बरियतामा १९ औं स्थानमा छ ।यसअघि ४ पटक यी दुई टिमबिच खेल भएको छ । जसमा जर्मनीले २ खेल जितेको थियो भने २ खेल बराबरी भएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 7

प्रतिक्रिया (०)

सम्बन्धित खबर