Aamsanchar

‘राप्रयुसं’झापाको अध्यक्षमा पुन: ध्रुव

Author Image
शुक्रवार, असार ३, २०७३

dhruba upreti

बिर्तामोड ।
राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन झापाको अध्यक्षमा ध्रुव उप्रेती पुन: निर्वाचित हुनुभएको छ ।

विहीबार बिर्तामोडमा भएको दोस्रो जिल्ला अधिवेसनले उप्रेतीलाई दोस्रो कार्यकालका लागि जिल्ला अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । समितिको सदस्यहरुमा सन्तोष सुवेदी, राजकुमार राई, अमित राई, बिक्रम आचार्य, कालीबहादुर चौहान, ईन्द्रनारायण राजबंशी, गोपाल श्रेष्ठ, अन्जना राई र सोनी अग्रवाल रहनुभएको छ । राप्रपा नेपालका केन्द्रिय सदस्य राजकुमार पोख्रेलले अधिवेसनको उद्घाटन गर्नुृभएको थियो ।

ध्रुव उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष अम्बरबहादुर बिष्ट, जिल्ला सदस्य कमल खरेल, मिडिया नेपालका केन्द्रिय उपाध्यक्ष ईन्द्रसिंह राजबंशी, क्षेत्रीय अध्यक्ष नारायण राजबंशी, भद्रपुर नगर अध्यक्ष बाबुराम पराजुली, दिपक सिटौला लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

सन्तोष सुवेदीको स्वागत रहेको कार्यक्रमको सञ्चालन केशव ओझाले गर्नुभएको थियो । यसैबीच युवक संगठनको नवनिर्वाचित समितिले मेची आखा अस्पतालमा आजै ५ बुदे ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्र अध्यक्ष उप्रेतीले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पुरुषोत्तम जोशी र ब्यबस्थापक सुरज रौनियारलाई बुझाउनुभएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 225

प्रतिक्रिया (०)

सम्बन्धित खबर