Aamsanchar

अवैधानिक रुपमा वस्ती विकास गर्ने क्रम बढ्यो

Author Image
बिहिवार, असार ९, २०७३

ताप्लेजुङ।

images

ताप्लेजुङको पाथीभरा क्षेत्रमा अवैधानिक रुपमा वस्ती विकास गर्ने क्रम बढेको छ । प्रसिद्ध तीर्थस्थल पाथीभरा जाने बाटोमा रहेका सामुदायिक वनभित्र दैनिक नयाँ–नयाँ घर निर्माण भइरहेका छन् ।

घर टहरा निर्माण गर्ने क्रम बढेसँगै तीव्र रुपमा वन अतिक्रमण भएको छ । सरकारले तीन वर्ष अघि यस क्षेत्रमा बनाइएका अवैधानिक घर टहरा हटाउन जिल्ला वन कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको थियो ।

तर, जिल्लाका राजनीतिक दल, वन कार्यालय र प्रशासनबीच अर्को व्यवस्था नभएसम्म ती घर नभत्काए पनि बाँकी निर्माण गर्न नपाउने सहमति भएको थियो ।

सहमति विपरित पनि रातारात घर र होटल निर्माण भइरहेका छन् । दिउँसोको समयमा घर निर्माण गर्दा प्रशासनमा उजुरी पर्ने डरले रातिराति निर्माण हुने गरेको माथिल्लो फेदीका स्थानीयले बताएका छन् ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले सामुदायिक वन क्षेत्रमा घर टहरा निर्माण गर्न वन उपभोक्ता समितिले रोक्नुपर्ने भए पनि उनीहरुकै संलग्नतामा काम भइरहेको पाइएको बताए ।

उनले सामुदायिक वनका पदाधिकारीलाई बोलाएर अवैधानिक रुपमा घर टहरा बनाउनेलाई कारवाही गर्न र बनेका घर टहरा हटाउन जिल्ला वन कार्यालयलाई निर्देशन दिएको जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 282

प्रतिक्रिया (०)

सम्बन्धित खबर