Aamsanchar

दुई वर्षभित्र नै अपर पिलुवाखोला बन्ने

Author Image
बिहिवार, असार १६, २०७३

pipuwa

सङ्खुवासभा ।

सङ्खुवासभा जिल्लामा रहेको ४.७ मेगावाटको जलविद्युत् अपर पिलुवा खोला जलविद्युत् आयोजना २ वर्षभित्र वन्ने भएको छ ।

उक्त आयोजना सञ्चालनका लागि नेपाल बङ्गलादेश बैंकको लगानी हुने भएको हो । आयोजना प्रबन्धक मेन्छेयम हाइड्रोपावर कम्पनी र नेपाल बङ्गलादेश बैंकबीच लगानीपत्रमा हस्ताक्षर भएको छ । ८५ करोड रुपैयाँको लागतमा निर्माण कार्य सम्पन्न गरिने उक्त आयोजनामा ७० प्रतिशत बैंक लगानी र ३० प्रतिशत प्रबन्धकको ऋण तथा सो पुँजी संरचनामा निर्माण गर्न लागिएको हो ।

एनबी बैंकका कार्यकारी प्रमुख ज्ञानेन्द्रप्रसाद ढुङ्गाना, हाइड्रोपावर अध्यक्ष दीपक खड्काको अगुवाइमा निर्माण कार्य गर्न लागिएको हो । चैनपुर नगरपालिका–६ तिखिढुङ्गा फेदी र बाघा पुछारमा पिलुवा खोलामा बाँध निर्माण गरी उक्त आयोजना सञ्चालनमा ल्याइने भएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 346

प्रतिक्रिया (०)

सम्बन्धित खबर