Aamsanchar

हरियाली सहरको तयारी

Author Image
आइतवार, असार २६, २०७३

काठमाडौँ। 

indexs

लक्ष्मीप्रसाद उपाध्याय,

सहरका घरआँगन, पार्क, उद्यानलाई बाह्रैमास हरियाली बनाउन सरकारले स्थानीय हावापानी सुहाउँदा बोटबिरुवाको सिफारिस गर्ने तयारी गरेको छ ।
सहरलाई हरियाली बनाउने उद्देश्यले अघि बढाइएको सहरी वन प्रवद्र्धन निर्देशिका निर्माणका क्रममा रहेको निर्माणमा संलग्न वन तथा भूसंरक्षण मन्त्रालयका सहसचिव रेशमबहादुर डाँगीले जानकारी दिनुभयो ।
सहरी क्षेत्रको वातावरणीय सन्तुलन, जैविक विविधताको सम्वद्र्धन गर्दै सहरलाई सुन्दर बनाउन निजी क्षेत्र तथा समुदायलाई अभिप्रेरित गर्न यो कार्यक्रम ल्याएको सहसचिव डाँगीले बताउनुभयो ।
निर्देशिका निर्माणका लागि वन विभागका तत्कालीन महानिर्देशक हैसियतमा सहसचिव डाँगीको संयोजकत्वमा पूर्वाञ्चल वन निर्देशनालयका क्षेत्रीय निर्देशक प्रकाश प्याकुरेल, जिल्ला वन अधिकृत डा. इन्द्र सापकोटा, विशाल घिमिरेलगायतका टोलीले तराई, पहाड र हिमाली क्षेत्र अवस्थित प्रमुख सहरको हावापानी, माटो सुहाउँदा बोटबिरुवाको अध्ययन अनुसन्धान गरेको थियो ।
सिफारिस गरिएको बिरुवाको मागबमोजिम उत्पादन गर्ने काम हरेक जिल्लामा जिल्ला वन कार्यालयले गर्ने व्यवस्था मिलाइने भएको छ ।  सरकारले निजी नर्सरीलाई पनि प्रोत्साहन गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने, एउटा जिल्लामा नर्सरी स्थापना गर्न सहयोग गर्ने र बिरुवा निःशुल्क वितरण गरिने व्यवस्था पनि निर्देशिकामा गरिएको छ ।  नर्सरी व्यवस्थापन गरी सहरी वन विकासमा योगदान पु¥याउने व्यक्ति वा संस्थालाई सरकारले पुरस्कृत गर्ने व्यवस्था निर्देशिकामा गरिएको सहसचिव डाँगीले बताउनुभयो ।
बिरुवा उत्पादन गर्दा नेपालका रैथाने प्रजाति र हावापानी सुहाउने प्रजातिको विस्तार गर्ने लक्ष्य पनि निर्देशिकाले लिएको छ ।  पहाडी तथा हिमाली जिल्लाका सहरी क्षेत्रमा वृक्षरोपण गर्न विभिन्न ८२ प्रजातिका बिरुवा र तराई तथा चुरे शिवालिक क्षेत्रका सहरी क्षेत्रका लागि हावापानी र माटो सुहाउँदा ५० प्रजातिका बिरुवा रोप्न सकिने गरी सिफारिस निर्देशिकामा गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 163

प्रतिक्रिया (०)

सम्बन्धित खबर