Aamsanchar

युवतीको रोजाइमा फ्यासिनो स्कुटर,सयपत्री ट्रेड लिंकमा उपलब्ध

Author Image
शुक्रवार, असार ३१, २०७३

fyasinio

बिर्तामोड ।
अहिले सबैको रोजाइमा विश्वप्रसिद्ध यामाहाको फ्यासिनो स्कुटर पर्दै गएको छ । लोकप्रिय बन्दै गइरहेको यो स्कुटर युवतीको त पहिलो रोजाइ नै बनेको छ ।
यो स्कुटर नेपाली सडक सुहाउदो भएकाले लोकप्रिय बन्दै गइरहेको कम्पनीले दाबी गरेको छ ।
स्कुटर आरामदायी भएकाले नेपाली माझ स्कुटरको लोकप्रियता बढेको बिर्तामोडस्थित यामाहा मोटरसाइकलको आधिकारिक बिक्रेता सयपत्री ट्रेड लिङकका सञ्चालक बिनोद बस्नेतले बताए ।
फ्यासिनो स्कुटरमा कम्पनीले दुई वर्षको वारेण्टी र आठ वटा सर्भिसिङको निस्शुल्क व्यवस्था गरेको छ ।
अन्य कम्पनीको स्कुटरभन्दा फ्यासिनो कम्पनीको स्कुटर आरामदायी भएको, धेरै भएको, पेट्रोलको बचत हुने भएकाले यस स्कुटरमा ग्राहकको आकर्षण बढेको बताइन्छ ।
यो स्कुटर आकर्षक मोडल र विभिन्न कलरहरुमा सुपथ मूल्यमा बजारमा उपलब्ध छ ।
सयपत्री ट्रेड लिंकमा यामाहा कम्पनीका सबै मोटरसाइकल तथा स्कुटरको बिक्री एवं मर्मत र स्पेयर्स पार्टस सहज रुपमा उपलब्ध हुदै आएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 99

प्रतिक्रिया (०)

सम्बन्धित खबर