Aamsanchar

खुकुरी प्रहार गरी दाजुको हत्या

Author Image
सोमवार, साउन २४, २०७३

उर्लाबारी (मोरङ) ।

मोरङको विराटनगर–६ मा आज बिहान खुकुरी प्रहार गरी भाइले दाजुको हत्या गरेका छन् ।

सोही ठाउँका ३० वर्षीय वीरेन्द्र मुखियाले आज बिहान खुकुरी प्रहार गरी आफ्नै दाजु ४० वर्षीय सन्तोष मुखियाको हत्या गरेका हुन् । वीरेन्द्रले खुकुरीले टाउकोमा प्रहार गर्दा सन्तोषको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिनुभयो । वीरेन्द्र मानसिक रोगी भएको बताइन्छ ।

वीरेन्द्रले दाजुको हत्या गर्नुको कारण भने खुलिनसकेको थापाले बताउनुभयो । दाजुको हत्या गरेका वीरेन्द्रले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । घटनाको अनुसन्धान गर्ने कार्य भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 174

प्रतिक्रिया (०)

सम्बन्धित खबर