Aamsanchar

सेक्स पर्यटन फस्टाउँदो

Author Image
मङ्गलवार, साउन २५, २०७३

9

क्यारेबियन राष्ट्रमा सेक्स पर्यटन निकै फस्टाउँदो मात्रामा छ । यो देशको पर्यटनलाई केहीहदसम्म महिला यौनकर्मीले थेगिरेहका छन् । यहाँ ६० हजारदेखि एक लाख महिला यौनकर्मी रहेको अनुमान छ । यौन बजारमा ‘पसल थाप्न’ हाइटीदेखिका महिला पनि डोमेनिकन रिपब्लिक पुग्ने गरेका छन् ।
डोमेनिकन रिपब्लिकमा देहव्यापार गैरकानुनी छैन । यद्यपि उमेर नपुगेकासँग सेक्स गर्नुलाई यहाँ अपराध मानिन्छ । दुर्भाग्य, यहाँका अधिकांश महिला यौनकर्मी उमेर नपुगेका किशोरी नै छन् ।
कम्बोडिया
देहव्यापारविरुद्ध भएका कुलुकमध्ये एक हो, कम्बोडिया । यहाँ यौन व्यवसाय फस्टाएको छ र विदेशी पर्यटन यसतर्फ आकर्षित भएका छन् । यौन व्यवसायमा बालबालिकाको प्रयोग कम्बोडियाको प्रमुख मानवअधिकारको मुद्दा बन्न पुगेको छ ।
कम्बोडिया संसारकै गरिब राष्ट्रहरुमा पर्छ । त्यहाँको तलबदर अत्यन्तै कम छ । चरम गरिबीका कारण कतिपय अभिभावकले यौन व्यवसायमा लगाउन आफ्नै सन्तानलाई बिक्री गर्ने गरेका छन् । नवकिशोरीको ‘भर्जिनिटी’ सेक्सका पारखीले ज्यादै मूल्यवान ठान्ने गरेका छन् ।
नेदरल्यान्ड
यौन व्यवसाय गरिब मुलकमा मात्रै फस्टाउँदैन । नेदरल्यान्ड्सजस्तो धनी देशको यौन पर्यटन पनि प्रसिद्ध छ । सरकारले देह व्यापारिका लागि छुट्टै ‘रेड लाइट एरिया’ तोकेको छ । जहाँ नेदरल्यान्ड्सभित्र र बाहिरका मानिसले गर्ने यौन सन्तुष्टि खरिद गर्ने गरेका छन् ।
आम्सटर्डममा रहेको ‘रेड लाइट एरिया’ मा पर्यटनका लागि यौनकर्मीले ‘सेक्स सप’, ‘पिप शा’, ‘स्ट्रिप क्लब’ लगायत सञ्चालन गरेका छन् । यौन सव्तुष्टि खअरिद गर्न एउटा पर्यटकले एक पटकमा ३५ सय युरोमम्म खर्च गर्नुपर्छ ।
केन्या
केन्यामा गरिबीकै कारण यौन व्यवसाय फस्टाइरहेको छ । यौन व्यवसायमा संलग्नमध्ये अधिकांश गरिब, अशिक्षित, र नवकिशोरी छन् । केन्याको बजारमा यौन असुरक्षित मानिन्छ । यहाँका यौनकर्मीमा एचआइभी एड्सको अवस्था भयावह छ । भिरिंगीलगायतका यौनरोगबाट ग्रसित यौनकर्मीको संख्या पनिा यहाँ धेरै छ ।
१२ वर्षदेखिका किशोरीले यहाँ सेवा उपलब्ध गराउने गरेका छन् । कैन्याली यौनकर्मीले दिनमा पाँच जना ग्राहकसम्मलाई सेवा दिने गरेका छन् ।
ब्राजिल
ब्राजिल जंगल सयर, त्यहाँका सुन्दर र मिजासिला मानिस, मन लोभ्याउने समुन्द्री किनार र अनेक पर्वमा यौन परिकार पनि थपिएपछि संसारभरीका बिलासी मानिसले यी सबैको एकैपटम सन्तुष्टि लिन ब्राजिललाई गन्तव्य बनाउन थालेका छन् । ब्राजिलको यौन बजारलाई संसारकै दोस्रो ठूलो यौनबजार मानिन्छ । यहाँको यौन बजारमा नारी र पुरुष दुवै पर्यटकले सेवा पाउछन् ।
फिलिपिन्स
फिलिपिन्समा यौन व्यवसायविरुद्ध कडा कानुन छ । यसमा संलग्न व्यक्तिलाई राज्यले पक्राउ गरेर दण्डसमेत दिने गरेको छ । तर पनि फिलिपिन्सको बजार संसारकै मुख्य बजारमा गनिन्छ । फिलिपिन्समा करिब पाँच लाख यौनकर्मीले सेवा उपलब्ध गराइरहेका छन् । तीमध्ये अधिकांश ‘बार गर्ल’को आवरणमा सक्रिय छन् ।
फिलिपिन्स पुग्ने अधिकांश विदेशी पर्यटक त्यहाँको यौन बजारमा पुग्ने गरेका छन् । एक अनुसन्धानले फिलिपिन्स पुग्ने ४० देखि ६० प्रतिशत पर्यटकले फिलिपिन्सको यौन बजारमा सन्तुष्टि खरिद गर्ने उद्देश्य राख्ने गरेको देखाएको छ ।
कोलम्बिया
दक्षिण अमेरिकी राष्ट्र कोलम्बिया पनि अहिलेको चर्चित सेक्स बजारमध्ये पर्छ । दलाली गर्न जान्नेले ज्यादै सस्तोमै कोलम्बियाली यौनकर्मीबाट सेवा लिन सक्छन् । त्यसैले लागूऔषधका लागि यो मुलुक कम पैसामा पनि यौन सेवा लिने उद्देश्यले पर्यटक पुग्ने गर्दछन् ।
उपभोक्ता हेन्डसम छ र ऊसँग भाउ घटाउने राम्रो खुवस् छ भने कोलम्बियाली यौनकर्मीले ज्यादै कम मूल्यमै सेवा उृपलब्ध गराउने गरेको धेरै पर्यटकको अनुभव छ ।
इन्डोनेसिया
बढी संख्यामा बालबालिका संलग्न भएको यौन बजारमध्ये इन्डोनेसिया पनि एक हो । त्यहाँको यौन बजारमा विदेशी पनि आकर्षित भएपछि इन्डोनेसियाली सरकारलाई यौनकर्ममा बालबालिकाको संलग्नता रोक्न ज्यादै अप्ठेरो भएको छ ।
इन्डोनेसियामा यौन व्यवसाय कानुनी रुपमा वर्जित छ । नैतिक दृष्टिकोणले समेत यसलाई ज्यादै तल्लो स्तरको पेशा मानिन्छ । यति हुँदाहुँदै पनि विदेशी पर्यटकलाई समेत आकर्षित गर्ने स्तरमा यहाँको यौन बजारको विकास भएको छ ।
स्पेन
स्पेशनका म्याड्रिड, बार्सिलोनाजस्ता सहर यौन सन्तुष्टि खोज्नका लागि आकर्षक गन्तव्य बन्न पुगेका छन् । यहाको नाइटलाइफ ज्यादै भब्य छ । देहव्यपारलाई कानुनी मान्यता दिइएकाले युरोपभरी स्पेन प्रमुख सेक्स गन्तव्य बन्न पुगेको छ ।
म्याड्रिडमा रहेको रेड लाइट एरियामा विभिन्न ठाउँबाट मानिस सजिलै आउन सकून भनेर बाटोघाटोको राम्रो व्यवस्था मिलाइएको छ । स्पेनको यौन बजारमा स्पेनीभन्दा बढी दक्षिण अमेरिकन नागरिक सक्रिय छन् ।
थाइल्यान्ड
थाइल्यान्डको राजधानी बैंकक संसारकै सबैभन्दा ठूलो यौन बजार हो । यहाँ करिब ३० लाखजति यौन व्यवसायी रहेको अनुमान गरिएको छ ।
बैंककको पताया र पतपाङमा यौनकर्मी बढी केन्द्रित छन् । नग्न नृत्य, पूर्णयौन सुविधा लगायत विभिन्न सेक्स शो त्यहाँ देखाइन्छ । बैंककको यौन बजारमा पुग्नेले डिस्को र डान्स क्लबमा खुलेआम ‘न्यड शो’ चलिरहेको देख्न पाउछन् । त्यहाँका यौनकर्मी सरकारी कार्यलयमा दर्ता भएका छन् र उनीहरु नियमित कर तिर्छन् ।
एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 72

प्रतिक्रिया (०)

सम्बन्धित खबर