Aamsanchar

गृहमन्त्री निधिसँग भारतीय राजदूतको भेटवार्ता

Author Image
मङ्गलवार, साउन ३२, २०७३

काठमाडौँ ।

NIDHI

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसँग नेपालका लागि भारतीय राजदूत रणजित रायले आज भेटवार्ता गर्नुभएको छ ।

सिंहदरबारस्थित गृहमन्त्रालयमा उहाँहरुबीच भेटवार्ता प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका विषयमा केन्द्रित भएको गृह मन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– “उहाँहरुबीच प्रधानमन्त्रीको भ्रमणका एजेन्डामा छलफल भयो ।”

उहाँका अनुसार उपप्रधान तथा गृहमन्त्री निधिले शुक्रबार र शनिबार भारतीय उच्च अधिकारीसँग भेटघाट गर्नुहुनेछ । प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रुपमा निधि बिहीबार भारत जान लाग्नुभएको हो । भेटघाटमा गृहसचिव नारायणगोपाल मलेगोको उपस्थिति थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 158

प्रतिक्रिया (०)

सम्बन्धित खबर