Aamsanchar

चार वर्षीय बालक बयोबृद्ध देखिए

Author Image
बिहिवार, भदौ २, २०७३

1471021659540

वंगलादेश ।

वंगलादेशका बेजिद सिकदर हजुर बुबासँग फुटबल खेल्न निकै मन पराउछ । तर चार वर्षीय यी बालक आफ्नै हजुरबुवा भन्दा अझै बृद्ध देखिन्छन् ।

वंगलादेशको मगुरा गाँउका उनको छाला चाउरी नै परेको छ । जन्मिदादेखि नै उनको स्वास्थ्य सम्बन्धि विभिन्न समस्या देखिने गरेको छ । उनको समस्यालाई लिएर सिकदरका अभिभावक चिकित्सक कहाँ धाएका छन तर कुनै उपचार हुन सकेको छैन । ‘हामी धेरै चिकित्सक समक्ष पुग्यौ । तर कसैले पनि रोगको कारण पत्ता लगाउन सकेन,’ बालकका बाबु लभ्लु होससेन सिकदरले गुनासो गरे । उनलाई प्रोगेरिया भएको हुन सक्ने केही चिकित्सकले अनुमान गरेका छन् । उनको कलेजो र किड्नीले काम गर्न छोडेको छ ।

तर बेजिद मानसिक रुपमा भने अन्य बालबालिका झै फूर्तीला छन् । उनी खेल्न रुचाउछन् । तथापी अरु साथीले उनको अनुहार देखेर खिल्ली गर्छन । ‘उसको अस्वभाविक अनुहार देखेर बारम्बार बालबालिकाले खिल्ली गर्छन, त्यही भएर उ बाहिर निस्कन मन पराउदैन,’ बालककी आमा भन्छिन् । संसारभर उनी जस्ता २०० बालबालिका रहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 144

प्रतिक्रिया (०)

सम्बन्धित खबर