Aamsanchar

वेश्यालयमा छापा, नेपाली पनि पक्राउ, दैनिक १० लाख आम्दानी

Author Image
मङ्गलवार, भदौ १४, २०७३

नयाँ दिल्ली।

police-1183-1-550fb3da6e976_exlst

भारतको नयाँ दिल्लीमा एउटा संगठित वेश्यालयमा प्रहरीले छापा मारेर ८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपाली पनि रहेको प्रहरीले जनाएको छ ।

जीबी रोडस्थित अड्डामा छापा मारेर प्रहरीले वेश्यालयका संचालक आफाक हुसेन र उनकी पत्नी सायरा बानोलाई पक्राउ गरेको हो । उनीहरुले सो क्षेत्रमा ६ वटा त्यस्ता वेश्यालय संचालन गर्दै आएको प्रहरीले जनाएको छ ।

६ वटा वेश्यालयमा करिब दुई सय ५० युवतीलाई प्रयोग गरेर उनीहरुले आफ्नो धन्दा संचालन गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । देह व्यापारमा लगाइएका युवतीमध्ये केही नेपाली पनि रहेका छन् ।

हुसेन दम्पत्तीका चालक रमेश पण्डित नेपाली नागरिक रहेको प्रहरीले जनाएको छ । तर उनको ठेगाना खुलाइएको छैन । उनलाई पनि प्रहरीले पक्राउ गरेको छ । पण्डितले हुसेन दम्पत्तीको कारोबार हेर्ने गरेको र हरहिसाब राख्ने गरेको बताइएको छ । पण्डितका साथबाट बरामद डायरीमा कारोबारको दैनिक विवरण पाइएको र ती विवरणअनुसार दैनिक १० लाख रुपैयाँसम्म हुसेन दम्पत्तीले वेश्यालयबाट कमाउने गरेको प्रहरीले जनाएको छ ।

हुसेन दम्पत्तीको धन्दामा मेनेजरको रुपमा कार्यरत वासु नेपाली पनि पक्राउ परेका छन् । गिरोहका अन्य केही सदस्य फरार भएको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

नेपालका अतिरिक्त भारतको बिहार, झारखण्ड, पश्चिम बंगालबाट गरिब परिवारका युवतीलाई दिल्ली लगेर देह व्यापारमा लगाउने गरिएको पनि प्रहरीले जनाएको छ । (एजेन्सी)

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 57

प्रतिक्रिया (०)

सम्बन्धित खबर