Aamsanchar

फेसबुकको नक्कली एकाउन्ट बनाएर ठगी गर्ने पक्राउ

Author Image
शनिवार, भदौ १८, २०७३

Facebook-Friend

काठमाडौं । 

फेसबुकसहितका सामाजिक सञ्जालमा काठमाडौं र ललितपुरका विभिन्न व्यक्तिहरूको नक्कली एकाउन्ट बनाएर ठगी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

सामाजिक सञ्जालमा नक्कली एकाउन्ट खोली विभिन्न व्यक्तिको फोटो हालेर उनीहरुकै साथीलाई फ्रेन्ड रिक्वेस्ट पठाइ ठगी गरेको अभयोगमा बिराटनगर घर भइ सप्तरीको तिलाठीमा बस्दै आएका विकास कुमार साहलाई प्रहरीले पक्राउ गरेको हो ।

नक्कली प्रोफाइल भएको फेसबुक तथा अन्य सामाजिक सञ्जालका एकाउन्टको म्यासेन्जरबाट आफू साह्रै आपतमा परेकोले सहयोग गर्न भन्दै ठगी गर्ने गरेको अभियोगमा साह समातिएका हुन् ।

उनले ती व्यक्तिहरुको नक्कली एकाउन्टबाट अफ्ठेरोमा परेकाले उपचार गराउने रकम माग्दै साइबर अपराध र ठगी समेत गरेको आरोपमा उजुरी परेपछि महानगरीय प्रहरी अपराध महाशाखाले सप्तरी प्रहरीको सहयोगमा साहलाई सप्तरीकै नेपाल-भारत सीमाक्षेत्रबाट पक्राउ गरेको हो ।

लामो अनुसधानपछि मोरङको बिराटनगर-१२ शिवटोल घर भई हाल जिल्ला सप्तरीको तिलाठी बस्ने वर्ष २४ का साह नेपाल-भारत सीमाक्षेत्रबाट समातिएका हुन् ।

बुधबार पक्राउ परेका साहविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत हिरासतमा लिएर थप अनुसन्धान जारी रहेको  महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 118

प्रतिक्रिया (०)

सम्बन्धित खबर