[दीपक मगर]
‘किरात धर्मलाई सुधार्छु’ भनेर आएका भक्तकुमार राई (भकुरा) यो बेला आफै सुधारिएर ‘हिज होलिनेस सुप्रिम मास्टर गड एञ्जल’ भएर देखा परेका छन् । भकुराले किरात धर्म कति सुधारे वा आफै कति सुध्रिएर कुन भासमा भासिए, यसको लेखाजोखा कुनै दिन किरात समुदायले नै गर्नेछ । किरात समुदायसँग मेरो लेनादेना वा भन्नु पर्ने विषय केही पनि छैन । तर, जसरी भकुराको बारेमा प्रसङ्गहरु बाहिर आए वा सार्वजनिक भए, तत् विषयमा बहस गर्नैपर्छ भन्ने मानसिकताले यो लेख लेख्न बाध्य भएको छु । विशेष गरी किराती समुदायका केही सचेत युवाहरुले ‘भकुरा किरात संस्कृतिभन्दा बाहिर गएर गतिविधि गरेको र उनको गतिविधिले किराती संस्कारलाई मार्ने काम गरेको’ भनेर बौद्धिकरुपले ‘भखे (भकुरा खेदाऊ) अभियान’ चलाइरहेको छ, यसले सारा किरात भनेर आपूmलाई गर्व गर्नेहरुमा तरङ्ग उत्पन्न गराइदिएको छ । बौद्धिकरुपले एकतावद्ध भएर भखे अभियान चलाएको यो सन्दर्भ पछिल्लो पुस्ताको किराती समुदायलाई सम्झनयोग्य दिन भएर बस्नेछ ।
इतिहासको समान्य विद्यार्थी भएको नाताले म यो कुरामा प्रस्ट छु कि, किराती संस्कारमा स्वर्ग र नर्कको कुनै पनि कुरा छैन । किराती समुदायको अन्तिम स्थान भनेको नै तीन ढुङ्गाको चुल्हा हो । जहाँ उसले आदिम समयमा आगोलाई जोगाएर राख्न सकेको थियो । मानिस आदिम युगमा हुँदा आगोलाई सुरक्षित गरेर राख्न सक्नु पनि त्यसबेलाको महान उपलब्धि थियो । त्यसैले किराती समुदायमा आगोलाई कसरी जोगाएर राख्ने भन्ने मनोविज्ञान पहिला नै तयार भएको देखिन्छ । आदिम समाजमा आगो पत्ता लागेपछि नै जनजीवन सहज भएको कुरा यहाँ बिर्सनु हुँदैन । आगोलाई प्राकृतिक शक्तिको रुपमा बुझेर त्यसलाई प्रतिकको रुपमा राख्न सक्नु किराती समुदायको महानता हो । आज पनि किराती समुदाय आप्mनो मूल चुल्हामा आगो बालेर नै पूजा गर्छन् । जसको घरमा पितृ चुल्हा छ, उसले उक्त चुल्हामा दैनिक आगो बाल्नुपर्छ । बालेन भने अनिष्ट हुन्छ भन्ने मनोविज्ञानछ । अर्थात, आगो भनेको उज्यालो अथवा शक्ति हो । जसलाई किराती समुदायले तीन ढुङ्गाको चुल्हामा सम्मानकासाथ स्थापित गरेको हुन्छ । यसरी नै तीन ढुङ्गाको पनि अर्थ छ । एउटा ढुङ्गाले पितापुर्खाको प्रतिनिधित्व गर्छ, अर्काे ढुङ्गाले छोरीचेली र आगन्तुकहरुको प्रतिनिधित्व गर्छ र अर्काे ढुङ्गाले आप्mनो अस्तित्वको प्रतिनिधित्व गर्छ । अर्थात प्रत्येक ढुङ्गामा प्रतिक छ, त्यो प्रतिकमा किराती सभ्यताको मियो रहेको छ । अझ, किराती चुल्हाको तीन ढुङ्गालाई दर्शनको रुपमा हेर्दा वर्तमान, भूत र भविष्यको प्रतिकको रुपमा तीन ढुङ्गको अर्थ रहेको छ । किरात समुदायको सारा दर्शन र प्रतिकको मियो रहेको तीन ढुङ्गाको चुल्हा भत्काउने अभियानमा भकुरा लागेपछि नै ‘भखे अभियान’ थालिएको अनुमान गर्दा फरक पर्दैन ।
यो स्वाभाविक छ कि कुनै एकले आप्mनो अस्तित्व स्थापित गर्नु छ भने अर्काको अस्तित्वलाई समाप्त पार्नुपर्छ । भकुरा यही अभियानमा देखिएको छ । उनले चुल्हा भत्काउनकोलागि घुमाउरो भाषामा ‘वलिभोग गरेको चुल्हा अपवित्र’ भएको भन्दै तीन ढुङ्गाको प्रतिककोरुपमा तीन कलश उभ्याउन लगाएका छन् । भाषा जतिसुकै मिठास भए पनि हामीले हेर्ने भनेको त्यसभित्रको निहित अर्थ हो । मिठास भाषामा ‘वलिभोग गरेको चुल्हा अपवित्र’ भन्नुको अर्थ किराती समुदायको सभ्यताको प्रतिकको रुपमा रहेको चुल्हा उखेल्न लगाउनु नै हो । भाषा जतिसुकै मिठास भए पनि यो बेला सचेत किराती युवा जमातले भाषाभित्रको आन्तर्यलाई पहिल्याउन सके । तसर्थ, सभ्यता र संस्कृति मास्ने भकुराको अभियानविरुद्ध नै सचेत युवाहरुले बौद्धिक विरोध गर्दै ‘भखे अभियान’ थालेको स्पष्ट हुन्छ । हुन त पछिल्लो चरणमा भकुरा आपूmले चुल्हा उखेल्न नलगाएको बताएकाछन् । तर, किरात भन्नासाथ तीन ढुंगाको चुल्हा पुज्ने समुदायलाई बुझाउने भएकोले भकुराले जुन धर्मको प्रतिपादन गरिरहेकाछन्, त्यो धर्म किरातभन्दा फरक हो भनेर घोषणा गर्न आवश्यक छ । साथै, अघिल्लो चरणमा आपूm ‘किरात धर्म सुधार्न आएको’ भनेर गरिएको गतिविधिप्रति सार्वजनिकरुपले माफि माग्नुपर्छ । नत्रभए, भाषामा मिठास दिएर चुल्हा मास्ने अभियान भइरहनु भनेको प्रकृतिपूजक किराती संस्कारप्रतिको षडयन्त्र नै हो ।
सचेत किराती युवाहरुको बौद्धिक बहसपछि भकुरा किरात राईहरुको सर्वाेच्च संस्था किरात राई यायोक्खा(किराया)सँग वार्ता गर्नु आफैमा हास्याँस्पद छ । भकुराले किरात धर्मभन्दा फरक अर्कै धर्मको कुरा गरिरहेको थियो भने उसले किरायासँग वार्ता गर्नु पर्ने आवश्यकता नै थिएन । भकुरा आपूm छुट्टै धर्मको कुरा पनि गरिरहेको छ, साथमा किरायासँग पनि कुरा गर्न चाहिरहेको छ । यसको अर्थ हो, भकुराले प्रतिपादन गरेको हेभन्ली पाथ भन्ने धर्म छुट्टै नभएर किरात राई समुदायभित्रैबाट शाखाको रुपमा छुट्याएर लान खोजेको स्पष्ट हुन आउँछ । किनकि, किराया मातहतका किराती समुदाय चुल्हा पुज्ने र प्रकृतिपूजक हुन् । सचेत किराती युवाहरुको विरोध भकुरासँग सम्बन्ध थिएन भने उनी आत्तिएर वा पराजित मानसिकता लिएर किरायासँग वार्ता गर्नु पर्ने औचित्य थिएन । भकुराले किरायासँग वार्ता गर्न हतारिएको सन्दर्भलाई किराती जमातको बौद्धिक बहससँग जोड्न सकिन्छ । जुन बहसले मौलिक भनेर प्रचारित भकुराको धर्मलाई तासको पत्ताजस्तै बनाइदिएको थियो । वा, भकुराले मौलिकताको नाममा किरात राई समुदायबीच विभाजन ल्याउन खोजेको थियो । भकुराले किरायासँग वार्ता थाल्नुले भकुराको असलियत सतहमा आउनु फाइदाको विषय देखिएको छ । जसको कारणले यतिबेला भकुराका अनुयायीहरु धमाधम आप्mनो मौलिक किरात संस्कारमा फर्किरहेकाछन् । तीन ढुङ्गाको चुल्हालाई स्थापित गरिरहेको औजार दैनिकले जनाएको छ ।