Aamsanchar

अर्जुनधारा धाम बिजुली बत्तीले धपक्कै, दैनिक गंगा आरती हेर्न आउनेको संख्या धेरै

Author Image
आइतवार, मंसिर ९, २०८१

अर्जुनधारा । पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधारा जलेश्वर धाममा आयोजना गरिएको अष्टोत्तोरशत् १०८ श्रीमद् भागवत पाठ पारायण तथा हवनात्मक महायज्ञमा मण्डप, यज्ञमण्डप, १०८ श्रीमद् भागवत पाठ पारायण कुटी, लाइट सिस्टम तथा साँझको गंगा आरती मुख्य आकर्षण बनेका छन्।
शनिवार विश्व प्रसिद्ध हिन्दू धर्मगुरु कालिदास (कालिबाबा) तथा कृष्णप्रणामी धर्मगुरु मोहन प्रियाचार्यद्वारा उद्घाटन गरिएको धामको ४२ औं बार्षिक अनुष्ठानमा मण्डप, यज्ञमण्डप, श्रीमद् भागवत पाठ पारायण कुटी, लाइट सिस्टम तथा साँझको गंगा आरती मुख्य आकर्षण रहेको भक्तजनहरुको भनाई छ ।

यतिबेला देश विदेशमा रहेका हिन्दू धर्ममा आस्था तथा धार्मिक पर्यटकहरू लागि यिनै सजावटहरु आकर्षण बनेका छन् ।

धाम क्षेत्र प्रवेश गर्ने मार्ग शनिश्चरेदेखि नै प्रकाश (विजुली) को सजावटले शनिश्चरे बजार तथा धाम क्षेत्र प्रकाशमय बनेको छ । साँझपख त्यही प्रकाशमा फोटो खिच्ने तथा खिचाउने मानिसहरूको घुइँचो लाग्ने गरेको छ ।
धाम परिसर तथा सडकमार्गमा लगाइएको लाइट सिस्टम १० लाख भारतीय रुपैयाँमा लगाइएको धामसमितिका कोषाध्यक्ष मनोज जोशीले बताए ।
अनुष्ठानको अर्को आकर्षण यज्ञकुटी पनि हो । जहाँ ५१ जना ब्राह्मण बटुकहरूले हवन गर्छन्। अष्टोत्तोरशत् १०८ श्रीमद् भागवत पाठ पारायणमा अष्टोत्तोरशत् १०८ आचार्यले अष्टोत्तोरशत् १०८ यजमानलाई श्रीमद् भागवत पाठ सुनाउने कार्यक्रम पनि अर्को आकर्षण रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 26

प्रतिक्रिया (०)